
Ratbs
Amb
Ddhbs
Syees
Pbu
Rbs
Ssbus
Gsl
Bksbus5
syysr
gms
dsbus
Gsbus
Csbus
Nssbus7
Jsbus

Ksm
Rgu
Pvg
Asm
Rgu
Bbbpu
Tsm
Wsp
Bbu
Sbs
Ggd
Vor
Rgs
Ssm
Rsb
nsb
Gst
Hal
Sls

Rpp
Jmb
Abd
Bml
Rmb
Mks
Jmb
Pls
Gsb
sab
bbt
Ptm
Syp
दाङ । लायन्स क्लब अफ देउखुरी गोरक्षको आयोजनामा शनिबार “सीमा रहित शान्ति” चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
क्लबका शिक्षा विभाग प्रमुख (लायन)बिलोचन चौधरीको अध्यक्षता तथा लायन्स क्लव अफ देउखुरी गोरक्षका अध्यक्ष (लायन)मधु न्यौपानेको प्रमुख आतिथ्यता भएको हो ।
देउखुरी बहुमुखी क्याम्पसमा भएको ११ देखि १३ वर्ष सम्मका बालबालिकालाई विश्व शान्तिमा आधारित “सीमा रहित शान्ति “शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो । देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शिव ओली र नागरिक समाज दाङका संयोजक नीम बहादुर थापाले चित्रकला प्रदर्शनीको निर्णायक भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा खिम बहादुर शाह माध्यामिक विद्यालय कोलहीका छात्र आयुष थारु प्रथम, घुम्ना लिटिल स्टारका आयुष नेपाली द्वितीय र खिम बहादुर शाह माध्यामिक विद्यालय कोलहीका छात्रा प्रमिला सिंह ठकुरीले तृतीय स्थान हासिल गरेका छन् । प्रथम हुनेलाई नगद २ हजार,द्वितीय हुनेलाई १५ सय र तृतीय हुनेलाई १ हजार रुपैयाँ सहित प्रदर्शनीमा उत्कृष्ट भएका बालबालिकालाई लायन्स क्लव अफ देउखुरी गोरक्षले प्रमाणपत्र प्रदान गरेको छ ।
त्यस्तै उक्त कार्यक्रममा लमही नगरपालिका र राप्ती गाउँपालिका भित्रमा रहेका सामुदायिक र संस्थागत गरि आठवटा विद्यालयबाट १६ जना बालबालिकाहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा उत्कृष्ट चित्रकलालाई क्लबद्वारा सुरक्षित मेल गरेर लायन्स इन्टरनेसनलमा पठाइने छ । यो कार्यक्रम अहिले विश्वका हरेक लायन्स क्लबहरुमा संचालन रहेको छ । यस प्रतियोगिता मार्फत विश्व प्रथम हुनेलाई ५ हजार डलर पुरस्कार रहेको क्लबका शिक्षा विभाग प्रमुख चौधरीले जानकारी दिए ।
लायन शेषदत्त चौधरीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्लबका उपाध्यक्ष जंगबहादुर चौधरी,सदस्य पदम प्रसाद पुडासैनी,लायन्स क्लब अफ गढवाका अध्यक्ष उमाकान्त पन्त,नेपाल नेत्रज्योति संघ दाङ जिल्लाका उपसभापति रेशम बहादुर खड्का लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन (लायन)लोकराज पौडेलले गरेका थिए ।

