
Gss
Gsbus
Bsbus
Ksbus
ebg
Ksbus
Gsbus
Ssbus
bpmhl
Lsbus
Gsbus
Nssbush
Ssbus
Pbu
Gsl
Ksbus
Gms
Ses
Gis
Ksbus

Bbbpu
Bbu
Gst
Sls
Rgu
Vor
Hal
Sbs
Asm
Rgs
Rgu
Wsp
Rsb
Ksm
Tsm
Ssm
nsb
Ggd
Pvg

Mks
Rmb
Abd
sab
Ptm
Rpp
Jmb
Pls
Jmb
Bml
bbt
Gsb
Syp
दाङ । गोरखा मोडेल सेकेन्डरी स्कुलको आयोजनामा मैत्रीपूर्ण दशै मिलन भलिबल प्रतियोगिता कार्यक्रम हुने भएको छ ।
देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको स्कुलमा बुधबार बसेको खेलकुद प्रतियोगिता कार्यक्रम तयारी बैठकमा आयोजक सहित ७ टिमले भलिबल प्रतियोगिता कार्यक्रममा भाग लिने भएका छन् ।
बिहीबार बिहान ११:०० बजेदेखि स्कुलको प्राङ्गणमा संचालन हुन लागेको उक्त प्रतियोगिता कार्यक्रममा लमही नगरपालिका कर्मचारी,राप्ती गाउँपालिका कर्मचारी,देउखुरी बहुमुखी क्याम्पसका शिक्षकहरु,देउखुरी उद्योग बाणिज्य संघका पदाधिकारी,शिक्षक महासंघ लमही नगरका पदाधिकारी, प्याब्सन लमही नगरका पदाधिकारी, आयोजक स्कुल टिम गरि कुल ७ समूहले भाग लिन लागेको आयोजक विद्यालय गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीका प्रिन्सिपल लोकमान रिजालले जानकारी दिए ।
आज सम्पन्न भएको उक्त छलफल बैठकमा प्याब्सन लमही नगरका अध्यक्ष नारायण भुसाल,पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा भलिबल खेलका प्रादेशिक रेफ्री एवं दाङ जिल्ला भलिबल संघका उपाध्यक्ष र गोरखा मोडेल सेकेन्डरी स्कुलका खेल प्रशिक्षक भरत कँवर,भलिबल खेलका प्रादेशिक रेफ्री धनमाया बोहरा,देउखुरी उद्योग बाणिज्य संघ लमहीका खेल क्याप्टेन गुरुप्रसाद चौधरी,जहेन्द्र मावि स्कुल लमहीका प्रिन्सिपल कान्ता प्रसाद चौधरी,गोरखा आइडियल स्कुल लालमटियाका शिक्षक बलदेव शर्मा गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीका खेल शिक्षक झलक रसाइली,लगायतको सहभागी रहेको थियो ।
त्यस्तै खेल नकाउट सिस्टममा खेलाइने छ । उक्त प्रतियोगितामा प्रथम हुनेले २५ केजीको बोका पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजक विद्यालयले जनाएको छ । प्रत्येक वर्ष मैत्रीपूर्ण दशै मिलन भलिबल प्रतियोगिता कार्यक्रम संचालन गर्ने उदेश्यका साथ गत वर्ष विद्यालयले पहिलो संस्करणको प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको थियो ।
