
Rsbus
Ssbus
Ssbus
Gms
Nssbush
Gsbus
Ksbus
Gsbus
Gis
Pbu
Gis
ebg
Ksbus
bpmhl
Lsbus
Ssbus
Ses
Gsbus
Bsbus
Gis

Vor
Ssm
Wsp
Ggd
Rgu
Bbu
Rsb
Asm
Sbs
Ksm
Sls
Rgs
Bbbpu
nsb
Rgu
Tsm
Hal
Pvg
Gst

Syp
Jmb
Ptm
Rpp
sab
Mks
Rmb
bbt
Pls
Jmb
Gsb
Abd
Bml
रुपन्देही । रुपन्देहीको देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ हुने भएको छ । देवदह- ५ मा रहेको बुद्ध समुदाय युवा क्लवले यहि असोज १७ गते देखि उक्त प्रतियोगिता शुरु गर्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेल पानबारी खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरि बुद्ध समुदाय युवा क्लवले ट्रफी र जर्सी पनि सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका सह- सचिव दिपशिखा खत्रीले युवाहरुलाई लक्षित गर्दै क्रिकेटको माध्यमबाट वडा, समाज, क्षेत्र, जिल्ला गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी राष्ट्रको गरिमालाई थप उचाईमा पुन्याउने उद्देश्य सहित प्रतियोगिता आयोजना गरेको बताए । उनले खेलका नियमहरु बताउदै खेलहरु नक आउट नियमबाट खेलाइने र खेल टेनिस बलले १६ ओभरको खेलाइने बताए । तर फाईनल खेल भने २० ओभरको हुने छ । त्यस्तै प्रतियोगितामा LBW Out हुने छैन । अरु नियमहरु ICC को नियम अनुसार खेलाइने उनले बताए ।
सोही अवसरमा बोल्दै प्रतियोगिताका प्रमुख प्रायोजक काठमाडौं क्यापिटल्सका टिम म्यानेजर नवीन ढकालले समुदाय स्तरमा रहेको क्लबले युवाहरूलाई लक्षित गर्दै महत्त्वपूर्ण प्रतियोगिता आयोजना गरेको र त्यसमा आफुहरुले पनि सहयोग गर्न पाउँदा खुसी भएको बताए । उनले प्रतियोगिताले खेलाडीहरु बिच एक आपसमा भातृत्वको सम्बन्ध कायम हुने कुरामा विश्वस्त रहेको बताए ।
त्यस्तै कार्यक्रममा सह प्रायोजक आईजेएस जापानीज ईन्स्टिच्युटका प्रतिनिधि मोनिका खनाल, क्लबका कोषाध्यक्ष अंकिता भण्डारी लगायतले आ-आफ्नो भनाई राखेका थिए ।
प्रतियोगिता सम्पन्न गर्न २ लाख ५२ हजार रुपैयाँको अनुमानित खर्च हुने आयोजक संस्थाका सल्लाहकार गोपाल भणडारीले बताए । प्रतियोगिता पानबारी खेल मैदान,देवदह मा.विको खेल मैदान र बुद्ध दिप खेल मैदानमा खेल खेलाइने उनले बताए । प्रतियोगितामा रुपन्देही सहित कपिलवस्तु, नवलपरासी, पाल्पाका जिल्लाका खेलाडीहरु सहभागी हुने जनाईएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् ।व्यक्तिगततर्फ म्यान अफ द सिरिजले ४ हजार, बेस्ट ब्याट्समेनले २ हजार ५ सय,बेस्ट बलरले २ हजार ५ सय रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा श्री बुद्ध सामुदायिक वन उपभोक्ता समूह सह-प्रायोजक,दुर्गा नगर टोल विकास संस्था सह आयोजक र विभिन्न संघसंस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएको आयोजकले जनाएको छ । टिम दर्ता गर्ने अन्तिम मिति यहीँ असोज १५ गतेसम्म रहेको आयोजकले जनाएको छ ।
