
Rgp
Pbu
Rgp1
Srbpu
Pes
Lnp
cjs
sbs
Ggp
Gfs
Unsku
Sgr
Djs
pku

Pvg
Bbu
Hal
Rsb
Ggd
Wsp
Asm
Gst
Ksm
Vor
nsb
Ssm
Sbs
Tsm
Bbbpu
Rgs
Sls
Rgu
Rgu

Pls
Mks
sab
Bml
Rpp
Jmb
Gsb
Rmb
Jmb
Syp
Abd
bbt
Ptm
दाङ । देउखुरीको गढवा गाउँपालिकाले मोतिबिन्दु भएका पालिकाबासीहरुको नि:शुल्क शल्यक्रिया गराउने कार्य सुरु गरेको छ ।
पालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ लमहीको प्राविधिक सहयोगमा उज्यालो अभियान साझेदारी कार्यक्रम मार्फत गाउँपालिका भरी नै नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सुरु गरेको हो ।
नि:शुल्क आँखा चेकजाँच शिविरबाट छनौट भएका मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया भैरेहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । नेपाल नेत्रज्योति संघ,आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित लमही आँखा अस्पतालमा सिलोन सेन्टर कोरियाको ५० प्रतिशत सहयोग र गढवा गाउँपालिकाको ५० प्रतिशत सहयोगमा PHACO प्रविधिबाट मोतिबिन्दु भएकाहरुको नि:शुल्क शल्यक्रिया कार्यक्रम अघि बढेको अध्यक्ष पोख्रेलले जानकारी दिए ।
मानव शरिरको महत्वपुर्ण अंग आँखा भएकाले आँखाको संरक्षणमा ध्यान दिनुपर्ने बताउदै अध्यक्ष पोख्रेलले वृद्ध अवस्थामा धमिलो आँखा देख्ने तथा आँखा नै नदेख्नेलाई नि:शुल्क अप्रेशन गरि आँखा उपचार गरिने उज्यालो अभियान साझेदारी कार्यक्रम सुरु गरेको बताए । पालिकाबासीमा आँखा सम्बन्धी कुनैपनि समस्या नहोस् भन्ने उद्देश्यले दुई वर्षदेखि गढवा गाउँपालिकाले उज्यालो कार्यक्रम अन्तर्गत कार्यक्रम अघि बढाएको अध्यक्ष पोख्रेलले बताए ।
हालसम्म गढवा गाउँपालिका वडा नम्बर ६ मा २ सम ६१ जनाको आँखा चेकजाँच गर्दा ५८ जना मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया मेसिन मार्फत गरिएको छ भने अन्यलाई अवस्था हेरेर औषधी तथा चस्मा वितरण गरिएको लमही आँखा अस्पतालकी नेत्र सहायक श्रृजना खनालले जानकारी दिइन् ।
त्यसैगरी वडा नम्बर ५ मा सञ्चालन भएको नि:शुल्क आँखा चेकजाँच शिविरमा १ सय ८६ जनाको आँखा चेकजाँच गरिएको छ । जस मध्ये २१ जना मोतिबिन्दु भएका बिरामीहरु भेटिएको नेत्र सहायक विमल अधिकारीले जानकारी दिए । त्यसैगरी वडा नम्बर ३ मा सञ्चालन भएको नि:शुल्क आँखा चेकजाँच शिविरबाट कुल १ सय ७ जनाको आँखा चेकजाँच गरिएको हो । जसमध्ये १५ जनाको मोतिबिन्दु भएको बताईएको छ ।
त्यसैगरी मंगलवार गढवा गाउँपालिका वडा नम्बर २ पचहियामा सञ्चालन भएको नि:शुल्क आँखा चेकजाँच शिविरमा १ सय ८३ जनाको आंखा चेकजाँच गरिएको छ । जस मध्ये १९ जना मोतिबिन्दु भएका बिरामीहरु रहेको लमही आँखा अस्पतालका नेत्र सहायक समिक्षा सत्गौवांले जानकारी दिइन् । शल्यक्रिया गर्नुपर्ने विरामीहरूको नामदर्ता,ल्याबटेस्ट, फिजिशियन शुल्क भने बिरामीहरु आफैले व्यहोर्नुपर्ने छ ।
