आलोक भाबुक/गढवा मंगलबार, आश्विन ०१, २०८१

दाङ । देउखुरीको गढवा गाउँपालिकाले मोतिबिन्दु भएका पालिकाबासीहरुको नि:शुल्क शल्यक्रिया गराउने कार्य सुरु गरेको छ ।

पालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ लमहीको प्राविधिक सहयोगमा उज्यालो अभियान साझेदारी कार्यक्रम मार्फत गाउँपालिका भरी नै नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सुरु गरेको हो ।

नि:शुल्क आँखा चेकजाँच शिविरबाट छनौट भएका मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया भैरेहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । नेपाल नेत्रज्योति संघ,आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित लमही आँखा अस्पतालमा सिलोन सेन्टर कोरियाको ५० प्रतिशत सहयोग र गढवा गाउँपालिकाको ५० प्रतिशत सहयोगमा PHACO प्रविधिबाट मोतिबिन्दु भएकाहरुको नि:शुल्क शल्यक्रिया कार्यक्रम अघि बढेको अध्यक्ष पोख्रेलले जानकारी दिए ।

मानव शरिरको महत्वपुर्ण अंग आँखा भएकाले आँखाको संरक्षणमा ध्यान दिनुपर्ने बताउदै अध्यक्ष पोख्रेलले वृद्ध अवस्थामा धमिलो आँखा देख्ने तथा आँखा नै नदेख्नेलाई नि:शुल्क अप्रेशन गरि आँखा उपचार गरिने उज्यालो अभियान साझेदारी कार्यक्रम सुरु गरेको बताए । पालिकाबासीमा आँखा सम्बन्धी कुनैपनि समस्या नहोस् भन्ने उद्देश्यले दुई वर्षदेखि गढवा गाउँपालिकाले उज्यालो कार्यक्रम अन्तर्गत कार्यक्रम अघि बढाएको अध्यक्ष पोख्रेलले बताए ।

हालसम्म गढवा गाउँपालिका वडा नम्बर ६ मा २ सम ६१ जनाको आँखा चेकजाँच गर्दा ५८ जना मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया मेसिन मार्फत गरिएको छ भने अन्यलाई अवस्था हेरेर औषधी तथा चस्मा वितरण गरिएको लमही आँखा अस्पतालकी नेत्र सहायक श्रृजना खनालले जानकारी दिइन् ।

त्यसैगरी वडा नम्बर ५ मा सञ्चालन भएको नि:शुल्क आँखा चेकजाँच शिविरमा १ सय ८६ जनाको आँखा चेकजाँच गरिएको छ । जस मध्ये २१ जना मोतिबिन्दु भएका बिरामीहरु भेटिएको नेत्र सहायक विमल अधिकारीले जानकारी दिए । त्यसैगरी वडा नम्बर ३ मा सञ्चालन भएको नि:शुल्क आँखा चेकजाँच शिविरबाट कुल १ सय ७ जनाको आँखा चेकजाँच गरिएको हो । जसमध्ये १५ जनाको मोतिबिन्दु भएको बताईएको छ ।

त्यसैगरी मंगलवार गढवा गाउँपालिका वडा नम्बर २ पचहियामा सञ्चालन भएको नि:शुल्क आँखा चेकजाँच शिविरमा १ सय ८३ जनाको आंखा चेकजाँच गरिएको छ । जस मध्ये १९ जना मोतिबिन्दु भएका बिरामीहरु रहेको लमही आँखा अस्पतालका नेत्र सहायक समिक्षा सत्गौवांले जानकारी दिइन् । शल्यक्रिया गर्नुपर्ने विरामीहरूको नामदर्ता,ल्याबटेस्ट, फिजिशियन शुल्क भने बिरामीहरु आफैले व्यहोर्नुपर्ने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]