
gms
Rbs
Gsbus
Nssbus7
Jsbus
Csbus
Pbu
dsbus
Gsl
Ddhbs
Amb
syysr
Syees
Ssbus
Ratbs
Bksbus5

Sbs
nsb
Bbbpu
Rgu
Asm
Hal
Sls
Rsb
Tsm
Bbu
Ksm
Gst
Rgu
Pvg
Ggd
Vor
Ssm
Rgs
Wsp

bbt
Bml
Syp
Rpp
Gsb
Abd
Rmb
Mks
Jmb
sab
Jmb
Ptm
Pls
दाङ । नेपाल मगर शिक्षक संघ दाङ जिल्लाको प्रथम भेला शनिबार राप्ती गाउँपालिकाकाे सभा हल मसुरीयामा सम्पन्न भएको छ ।
संघका केन्द्रीय सदस्य लेखत बहादुर राना मगरको अध्यक्षता एवं नेपाल मगर संघका केन्द्रीय सदस्य भिम प्रकाश पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कृष्णबहादुर बुढा मगरकाे अध्यक्षतामा दुई महिला सदस्य पछि थप गर्ने गरि पन्ध्र सदस्य नेपाल मगर शिक्षक संघ दाङ तदर्थ समिति गठन गरेको छ।
समितिकाे उपाध्यक्षमा कमल बहादुर खैकला मगर,सुनमाली घर्ती मगर,सचिवमा सन्त बहादुर पुन मगर,सह-सचिवमा हिमाल थापा मगर,खुमादेवी राना मगर,काेषाध्यक्षमा ओमभक्त खैकला मगर र सह- काेषाध्यक्षमा देवीराम आले मगर चयन हुनु भएको छ । त्यस्तै अन्य सदस्यहरूमा काैशिला पुन मगर,सुनिल पुन मगर,सञ्जय आले मगर,भिम बहादुर बैजाली मगर र मान बहादुर राना मगर रहनु भएको छ । यस्तै भेलाले जिल्लाका दसवटै पालिकामा पालिका स्तरीय समिति गठन गरी आगामी मंसिर महिनासम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
भेलामा बाेल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य तथा भेलाका प्रमुख अतिथि भिम प्रकाश पुन मगरले संघको भूमिका र मगर शिक्षकहरूको एकताका लागि यो भेला महत्वपूर्ण हुने बताउँदै जिल्लाभर मगर शिक्षकहरूको शैक्षिक, सामाजिक र सांस्कृतिक उत्थानमा योगदान पुर्याउने धारणा राखेका छन् ।
