
Ratbs
Amb
Jsbus
Nssbus7
Syees
gms
Csbus
Bksbus5
Pbu
syysr
Ddhbs
dsbus
Gsl
Ssbus
Gsbus
Rbs

Vor
Rsb
Bbu
Pvg
Asm
Rgs
Bbbpu
Ssm
Rgu
Wsp
Gst
Hal
Rgu
Ggd
Sls
nsb
Tsm
Sbs
Ksm

Rpp
Jmb
Bml
Jmb
Mks
sab
Syp
Ptm
Rmb
Pls
Abd
bbt
Gsb
दाङ । चैतन्य पाठशाला राप्ती उपत्यकाले विश्व आत्महत्या रोकथाम दिवस २०८१ को अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरि मंगलबार सम्पन्न गरेको छ ।
कार्यक्रम अन्तर्गत सिसहनिया, राप्ती गाउँपालिका कार्यालय प्राङ्गण र भालुवाङ पुलचोकमा सडक नाटक प्रदर्शन गरिएको थियो । सडक नाटक कक्षा ५ ,६, ७ र ९ का विद्यार्थीले गरेका थिए। यस कार्यक्रमले आत्महत्याको रोकथामका लागि जनचेतना फैलाउने उद्देश्य राखेको थियो ।
कार्यक्रमको समापन चैतन्य हलमा औपचारिक कार्यक्रमको साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता डा.जीवराज आचार्यको थियो भने प्रमुख अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट रहेका थिए । चैतन्य पाठशालाका प्राचार्य सुषमा रेग्मीले आत्महत्या रोकथाम सम्बन्धी विशेषज्ञ प्रवचन दिएकी थिइन् ।
प्रमुख अतिथि बिष्टले उक्त दिवसको महत्व र यस्ता कार्यक्रमहरूको आवश्यकता बारे प्रकाश पार्दै आगामी दिनमा चैतन्य पाठशालालाई यस किसिमका कार्यक्रमहरूमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास बिक र स्वास्थ्य शाखा प्रमुख नारायण रावत विशिष्ट अतिथिका रुपमा उपस्थित रहेका थिए ।
पाठशालाका सह-प्राचार्य बसन्तराज भट्टराईद्वारा उद्घोषित कार्यक्रमको अन्त्यमा अध्यक्ष डाक्टर आचार्यले समाजमा यस्ता जनचेतनामूलक कार्यक्रमहरूको महत्त्व र आवश्यकताको बारेमा जोड दिएका थिए । डाक्टर आचार्यले पालिकाले मानसिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिए । चैतन्य पाठशालाको यो प्रयासले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

