
Amb
Pbu
Csbus
Rbs
Gsl
Ssbus
Syees
Ratbs
syysr
Nssbus7
Gsbus
Bksbus5
dsbus
Jsbus
Ddhbs
gms

nsb
Tsm
Vor
Rgs
Ssm
Rgu
Ksm
Ggd
Bbu
Pvg
Wsp
Bbbpu
Gst
Sls
Asm
Sbs
Hal
Rgu
Rsb

Abd
Rmb
Rpp
Ptm
Mks
Pls
bbt
Bml
Gsb
Jmb
sab
Syp
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडामा रहेको देउखुरी बहुमुखी क्याम्पसले बुधबार तीज नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पसको ECA&CCA का संयोजक तथा मानविकी सङ्कायको विभागीय प्रमुख कान्ता प्रसाद चौधरीको अध्यक्षता एवं क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष तथा प्राज्ञिक तथा अनुशासन विभागका संयोजक प्रकाश कुमार जि.सी.को प्रमुख आतिथ्यता तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य पवन शर्मा रिजालको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
सामान्य प्रशासन शाखा प्रमुख गोमा कँवरको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा संगीता भार,रमा कुमाल,माधवी सार्की,रिम बहादुर नेपाली,खिमा खत्री र तेज कुमारी रावतको समूहले एउटा चेलीको वेदनामा आधारित नाटक प्रस्तुत गरेर प्रथम भएका छन् ।
त्यस्तै माधवी सार्की,गिता नेपाली,र रिम बहादुर नेपालीको समूहले बाद्यवादन सामग्री सहित मौलिक तीजगीत र नृत्य प्रस्तुत गरेर द्वितीय भएका थिए भने मोनिका बुढा मगर,रेखा मगर र कालिका राना मगरले तीजगीतमा नृत्य प्रस्तुत गरेर तृतीय भएका हुन् । उक्त तीज प्रतियोगिता कार्यक्रममा प्रथम,द्वितीय तथा तृतीय हुने प्रतियोगीलाई अबिर लगाइ नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि प्रकाश कुमार जि.सी.ले तीज कार्यक्रम मार्फत समाजमा हुने गलत प्रविधि तथा कुरिती र कुसंस्कारको अन्त्य गर्नका लागि विभिन्न जनचेतनामूलक प्रस्तुतिहरुबाट धेरै चेतना जगाउने भएको हुँदा यस्ता कार्यक्रमको आयोजना गरेर निरन्तर संचालन गर्नुपर्ने बताए ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य बिना (न्यौपाने) भुसालले बोलेका थिए भने कार्यक्रमको संचालन क्याम्पसका उपप्रध्यापक तथा सूचना प्रकाशन समितिका संयोजक मधु न्यौपानेले गरेका थिए ।
क्याम्पसले हरेक वर्षको तीज पर्वमा जनचेतनामूलक सन्देश प्रभाव गर्ने खालको तीज विशेष प्रतियोगिता कार्यक्रमहरु आयोजना गर्ने गरेको क्याम्पस प्रमुख शिव वलीले जानकारी दिए । यस्तै क्याम्पसले तीज पर्व मात्र नभएर अन्य पर्वमा पनि अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तरगत विविध कार्यक्रमहरुको आयोजना गर्ने गरेको प्रमुख वलीले बताए ।

