
Bksbus5
dsbus
Ratbs
Ssbus
Rbs
Nssbus7
Pbu
Ddhbs
Gsl
gms
Jsbus
Syees
Csbus
Gsbus
Amb
syysr

Asm
Bbu
Hal
Tsm
Rgu
Vor
Ksm
Rgs
Sls
Rgu
Rsb
Ggd
Bbbpu
Ssm
nsb
Wsp
Gst
Sbs
Pvg

Bml
Mks
Syp
sab
Rpp
Ptm
Rmb
Abd
Jmb
Jmb
Pls
bbt
Gsb
दाङ । निरन्तर शिक्षकालागि पुस्तकालय भन्ने मूल नाराका साथ देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाले १७ औं पुस्तकालय दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।
पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष ओभा पाठकको अध्यक्षता र गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष पोख्रेलले बिद्यार्थीहरुको शैक्षिक बिकासका लागि पुस्तकालयको निकै महत्व रहेको भन्दै अहिलेको पुस्तामा पठन संस्कृति हराएर जान थालेको भन्दै चिन्ता ब्यक्त गरे ।
अनलाईन माध्यमबाट पाईने शिक्षा भन्दा पुस्तक र पुस्तकालयबाट पाइने शिक्षा भरपर्दो र प्रभावकारी रहने उनले बताए । पुस्तकालय र पुस्तकहरु विज्ञ ब्यक्तित्वहरुले ज्ञान आर्जन गरेर लेखिएका दस्तावेज भएकोले पनि पुस्तकालय अध्ययन र सोधकर्ताहरुका लागि महत्वपूर्ण ज्ञान आर्जन गर्ने थलो भएको बताए ।
सो अवसरमा बिद्यार्थीहरुको शैक्षिक बिकासका लागि पुस्तकालयको भूमिका बिषयमा देउखुरी ब्यापी बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा गोर्खा मोडेल सेकेण्डरी स्कूल लमहीका सपना रिजाल प्रथम, शुभतारा माबि गढवाका बिद्या यादव द्धितिय, गोर्खा आईडियल माबि लालमटियाका प्रिन्स बोहोरा तृतिय र शंकर माबि पिपरीका रमेश सुन्दासले सान्त्वना स्थान हाँसिल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगर, गढवा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मधा न्यौपाने, साहित्यकार तथा लेखक जगतराम यादव लगायतले पुस्तक र पुस्तकालयको महत्वका बारेमा बोलेका थिए ।
पुस्तकालय तथा स्रोत केन्द्रका उपाध्यक्ष नारायण प्रसाद पण्डितको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव शिवराज पन्थीले गरेका थिए । प्रतियोगिताको निर्णायक टिमको संयोजकमा साहित्यकार जगतराम यादव र सदस्यहरुमा गढवा गाउँपालिका शिक्षा शाखाका रविलाल माझी र पुस्तकालयका महेश कुमार अधिकारी रहेका थिए ।

