
Gsbr-6
Gsbg-3
Pbu
Csbg-7
Rksr-7
Jsbg-7
Msbg-2
ksbl-7
Usbl-7
jsbr-3


दाङ । देउखुरीको लमही नगरपालिकाकी कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनले चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिक्का बनाउँन सक्ने तर्फ सबैलाई सचेत रहन आग्रह गरेकी छिन् ।
सिद्धार्थ होटेल ग्रीन लुम्बिनी प्रालिले बिहिबार लमहीमा आयोजना गरेको तिज मेला तथा नृत्य प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा सबै क्रियाशील रहनु पर्ने आजको आवश्यकता हो’- उनेले भनिन् ।
उनले सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला-संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमालाई सदा उच्च राख्न सबैमा आह्वान समेत गरिन् ।
त्यसैगरी लमही नगरपालिकाका निवर्तमान नगर प्रमुख कुल बहादुर केसीले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्नु सबैको दायित्व भएको बताए । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्दछु’- केसीले भने ।
होटलको आफ्नै हलमा सम्पन्न भएको उक्त कार्यक्रममा तीस वटा समुहा सहभागिता भएको थियो । जस मध्ये सनलाइट मोर्डन स्कुल लमही प्रथम, रोजी बड्स बालबाटिका माध्यामिक विद्यालय द्वितीय र आदर्श नमूना माध्यामिक विद्यालय देउपुर तृतीय, गोरखा मोडेल सेकेण्डरी स्कुल र रातो डाँडा आमा समूहले सान्त्वना भएका थिए ।
सिद्धार्थ होटेल ग्रीन लुम्बिनी प्रालिका संचालक समितिका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको तिज मेला तथा नृत्य प्रतियोगिता कार्यक्रममा मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ आयोजना गरिएको यो कार्यक्रममा स्थानीय मौलिकतालाई प्राथमिकता दिइएको थियो ।
प्रालिका एकाउन्टेन्ट मनरुपा पाण्डेको स्वागत मन्तव्यबाट संचालन भएको सो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर राख्ने आयोजकले जनाएको छ । कार्यक्रममा झन्डै पाँच सय दर्शकहरुको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन प्रालिका शेयर सदस्य रविलाल आचार्यले गरेका थिए ।
