सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख मंगलबार, भाद्र ११, २०८१

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले १ करोड ५ लाख बढीको सुन र चाँदीसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा राजापुर ४ बर्दियाका ४२ वर्षीय निम प्रकाश सुनार, नेपालगन्ज ११ का २१ वर्षीय राहुल सोनार, नेपालगन्ज २ का महेश मुराउ र राप्तीसोनारी ४ का ओमजंग चौधरी गरि चार जना पक्राउ परेका हुन् ।

सोमबार दिउँसो विषेश सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको ४०७ ग्राम सुन र साढे १० केजी चाँदी र ०३०१–०२४ च ६७६३ नम्वरको कारसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बरामद गरिएको सुनचाँदीको मुल्य एक करोड पाँच लाख तेत्तिस हजार चार सय बराबरको रहेको छ ।

त्यस्तै कार राजापुर ८ बर्दियाका ४० वर्षीय नेपाली थारुले चलाएका थिए । कारमा सवार निम प्रकाशबाट सुन जस्तो देखिने ६७ ग्राम पहेलो धातुका टुक्रा र राहुलको साथबाट चाँदी जस्तो देखिने १७२ ग्राम पायल तथा तार बरामद गरिएको प्रहरीले जनाएको छ । नेपालगन्ज २ मा महेश मुराउले संचालन गरेको पशुपति सुन चाँदी रिफाइन कारखानामा तलासी गर्दा अवैध सुन जस्तो देखिने ३४० ग्राम धातु र चाँदी जस्तो देखिने १० केजी ४४१ ग्राम तौल रहेको धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै सोही कारखानामा रहेका ओमजंग चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सुनचाँदी र कार राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]