
syysr
Pbu
Ratbs
Nssbus7
Gsbus
Jsbus
dsbus
Rbs
Bksbus5
Ssbus
Csbus
gms
Syees
Gsl
Ddhbs
Amb

Wsp
Bbbpu
Bbu
Asm
Rsb
Sbs
Hal
Ggd
Rgu
Vor
Pvg
Tsm
Ksm
Ssm
nsb
Rgu
Gst
Sls
Rgs

Jmb
Syp
Abd
Bml
Ptm
Mks
Pls
bbt
sab
Rpp
Jmb
Gsb
Rmb
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव भारतीय सेनाको जहाजले चितवनबाट लगेको छ ।
जहाजले आज मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी छिन् ।
पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकको शव पोष्टमार्टम चितवनको भरतपुर अस्पतालमा गरिएको छ । २७ जनाकै पोष्टमार्टम सकिएपछि भारतीय पक्षले शव आजै भारतीय सेनाको जहाजबाट लगेको हो । राज्यमन्त्री रक्षा खड्से आज बिहान नेपाल आएकी थिइन्।
त्यस्तै उनले काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेरै घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएपछि चितवन पुगेकी थिइन् ।
