
Usb
jsb
Rks
Ksb
Gsb
Ppu
Fmb
Ksb
Ssb
Rsb
Tgp
Ksb
Nsb
Csb
Ssb
Bsn

Tsb
Ssb
Usb
Hl1
Gsb

ptl
Nps
Rgu
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव भारतीय सेनाको जहाजले चितवनबाट लगेको छ ।
जहाजले आज मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी छिन् ।
पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकको शव पोष्टमार्टम चितवनको भरतपुर अस्पतालमा गरिएको छ । २७ जनाकै पोष्टमार्टम सकिएपछि भारतीय पक्षले शव आजै भारतीय सेनाको जहाजबाट लगेको हो । राज्यमन्त्री रक्षा खड्से आज बिहान नेपाल आएकी थिइन्।
त्यस्तै उनले काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेरै घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएपछि चितवन पुगेकी थिइन् ।
