
jsbr-3
Rksr-7
Gsbr-6
ksbl-7
Jsbg-7
Csbg-7
Usbl-7
Pbu
Gsbg-3
Msbg-2


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवाले आर्थिक वर्ष २०८१ को हिउँदमा खानी तथा खनिज पदार्थ संरक्षण महोत्सव आयोजना गर्ने भएको छ ।
नयाँ युगबोध राष्ट्रिय दैनिकको कार्यालय लमहीमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य राधेश्याम गुप्ताले यसवर्षको सार्वजनिक महोत्सव कार्यक्रम कुन विषयमा आयोजना हुदै छ ? भनि राखेको जिज्ञासामा राजपुर गापा वडा नं. १का अध्यक्ष सूर्य प्रसाद चाधरीले उक्त कुरा जानकारी गराएका हुन् । यो कार्यक्रम गुरुङखोलाको दक्षिणि पहाड,पटौली,सिरिया र सुकौली नाकाको उत्तरी पहाड “मथुवा” (सबैभन्दा माथी) टप उच्चस्थानको दुर्गम क्षेत्रमा आयोजना हुने भएकोले कार्यक्रम कसरी सफल बनाउन सकिन्छ त ? भन्ने बारेमा प्रामर्श संकलन अभियानमा नाका क्षेत्रको पैदल यात्रा गरिसकेका लेखक एवं साहित्यकार छबिलाल कोपिला, गुरुप्रसाद कुमाल ‘बुलबुल’, नीमबहादुर थापा,रेशम बि सी,पत्रकार शिबु खनाल लगायतसंग छलफल गर्न युगबोधको कार्यालय लमही आएका वडा अध्यक्ष चौधरीले बताए ।
त्यस क्षेत्रमा खनिज पदार्थ रहेको कुरा वि.सं २०३७ सालमा नेपाल र अमेरिकाका खानी तथा भूगर्भवीध हरुको एउटा टिम अध्ययनका निमित्त त्यहाँ पुगेकोबाट ज्ञान गर्न सकिन्छ । तर अध्ययनको क्रममा दुर्गमताका कारण बिदेशी नागरिक त्यहाँको नागपोखरीमा खसेर मृत्यू भई हेलिप्याड निर्माण गरी हेलिकोप्टरद्वारा उद्दार गरिएको थियो,अध्यक्ष चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीका अनुसार ईटवा किल्ला भन्ने ठाउँको एउटा ठूलो ढुङ्गामा जंगबहादुर राणाको पालामा कुदिएको नेपालको नक्सा, किल्लाका अवशेषहरु, नागदह, शिव पार्वती गुफा,चमेरै गुफा,रिषिमुनीहरुले बजाउने शंख (शंखेढुङ्गा), बनवासको क्रममा पाण्डवहरुलाई मार्नको निमित्त बिस हालिएको ‘बिस पोखरी’, नागे छहरा (नागहरु खेल्ने नागपोखरीमा पानी खस्ने) र अत्यन्त महत्वपूर्ण जैविक सम्पदाहरु रहेका छन् ।
अतः खानी तथा खनिज पदार्थ, पूरातात्वीक महत्वको बस्तुहरु, जैवीक वस्तुहरु र तान्त्रिक शक्तिसमेत रहेकोले यिनै विषयमा खोज अनुसन्धान, अध्ययन,संरक्षण,प्रवद्र्धन,प्रचार प्रसार गरी पर्यटनको बिकास गर्ने उद्देश्यका साथ यो वर्ष यस प्रकारको कार्यक्रम आयोजना गरिने अध्यक्षले चौधरीले जानकारी दिए ।
त्यस्तै अध्यक्षले थप जानकारीका लागि आफुलाई सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् । महोत्सव तयारी अध्ययन कार्यका लागि मौसममा सुधार आउने बित्तिकै आयोजक राजपुर गापा वडा नं. १ का पदाधिकारी,विज्ञहरु र सञ्चारकर्मीहरुको संयुक्त ग्रुप स्थलगत अवलोकन गर्न जाने तयारी गरिएको छ । स्थलगत अवलोकन पछिमात्र महोत्सव कार्यक्रमको रुपरेखा बनाइने अध्यक्ष चौधरीले छलफलको क्रममा बताए । यातायातका साधन कहाँसम्म लैजान सकिन्छ, पैदल यात्राका लागि गोरेटो कसरी रेखाङ्कन गर्ने, मूल महोत्सव स्थल कहाँ हुने, कुन समुदायबाट केकस्ता साँस्कृतिक प्रस्तुतिहरु तयार गर्ने, कार्यपत्रमा के के समावेश गराउने, भोजनालय र बासस्थान कहाँ ब्यबस्था गर्ने, आयोजक, पाहुनाहरु र सहभागिहरुको संख्या कति हुने, स्वास्थ्य सिबिर एवं एम्बुलेन्स कहाँ स्थापना गर्नेलगायतको रुपरेखा तयार गरिने बताए ।
यसपूर्व राजपुर गाप वडा नं. १ ले वार्ड भरिमा १ सय २५ होमस्टे सञ्चालनको योजनासहित ०७९ सालमा दुई चरणका तालिम र २०८० मा लुम्बिनी प्रदेश स्तरिय होमस्टे महोत्सव, बाल जनता प्रा वि कठबेरुवामा शैक्षिक महोत्सव २०७९, रामेश्वरी प्रावि रसरी खोलामा शैक्षिक महोत्सव २०८० सम्पन्न गरेको थियो भने हरेक वर्ष महिला जागरण कार्यक्रम अन्तरगत तीज विशेष कार्यक्रम गर्दै आएको छ । त्यस्तै वनजन्य कच्चापदार्थ थाकल लगायतबाट विभिन्न सामग्री निर्माण तालिम दिई महिला सोराजगारी तथा जैविक जडिबुटिबाट तयार गरिएको आयुर्वेदिक तेल जेष्ठ नागरिकहरुलाई नि:शुल्क बितरण गरिदै आएको छ । हरेक वर्ष गुरुङखोलाबाट पानी ल्याई तयार गरिएको संरक्षण तालमा पौडि प्रतियोगिता सञ्चालन गर्दै आएको छ । वडा अध्यक्ष सूर्य प्रसाद चौधरीले नेपालको संविधान २०४७ ले व्यवस्था गरेको सामुदायिक वन दर्ता नियम आएदेखि नै संरक्षण अभियन्ताको रुपमा सक्रिय रहदै आएका भएका उनले दोस्रो स्थानीय निर्वाचनमा एमालेको तर्फबाट चार सदस्यसमेत वडा अध्यक्षमा बिजय भएका थिए ।
राजपुर गाउँपालिकामा सात वडाका पाँच पाँच जना र पालिका अध्यक्ष उपाध्यक्ष समेत ३७ जना जन प्रतिनिधिमध्ये पालिका प्रमुख उप प्रमुख २, वडा नं. २ र ४ अध्यक्षसेमत १० जना र अन्य वडाबाट सदस्यहरु ६ गरी १८ जना नेपाली काँग्रेसबाट निर्वाचित छन् । नेकपा एमालेबाट वडा नं. १ र ५ मा सेट १० जना निर्वाचित छन् भने नेकपा माओवादीबाट वडा नं. ३, ६ र ७ तीन अध्यक्षसमेत ९ जना रहेका छन् । कार्यपालिका बोर्डका निमित्त मनोनित सदस्यहरुमा नेपाली काँग्रेस र माओवादीबाट २,२ जना लगिएको छ ।
