Sidha Patra शुक्रबार, भाद्र ०७, २०८१

काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाह विरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको आयोगको अनुसन्धान निष्कर्ष रहेको छ ।

त्यस्तै विशेष अदालतले पुस ११ मा गरेको फैसलामा चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता (सहसचिव) नरहरि घिमिरेले बताए । विशेष अदालतले शाहलाई ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना हुने ठहर गरेको थियो । मध्य क्षेत्रीय तालिम केन्द्रका तत्कालीन लेखापाल दीपेन्द्रप्रसाद पनेरुलाई पनि विशेषले शाहलाई समान जेल र जरिवाना हुने फैसला गरेको थियो ।

यस्तै प्रतिवादीहरू केशव सिंह ऐरी र सञ्जीव विशंखेले आरोपदाबीबाट सफाइ पाएका थिए । प्रतिवादी शाह र पनेरुले हानी नोक्सानी गरेको बिगोलाई भागबन्डा गरेर कैद तथा जरिवानाको सजाय घटाएर विशेषले गरेको फैसला त्रुटिपूर्ण भएको भन्दै आयोगले बदर गर्न माग गरेको छ ।

विशंखे कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल हुन् । २०७२ मा शाह र लेखापाल समेतले १०३ जना प्रहरी जवानहरूको किर्ते भर्पाई र दस्तखत गरेर हिनामिना गरेको आयोगको अनुसन्धान निष्कर्ष रहेको छ । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]