
Nsb
Gsb
Ksb
Ksb
Csb
Rks
Ksb
Ssb
Usb
jsb
Rsb
Ppu
Tgp
Bsn
Ssb

Ssb
Hl1
Usb
Tsb
Gsb

Rgu
Nps
ptl
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ ले बुधबारदेखि सप्ताह व्यापी सरसफाई कार्यक्रम सुरु गरेको छ ।
वडामा सफा र सुन्दर वडा बनाउनका लागि ३ नम्बर वडा कार्यालय र प्रहरी चाैकी मसुरियाको संयुक्त पहलमा सरसफाइ अभियान सुरु गरिएको हो । वडा अध्यक्ष उमेश अधिकारीको अगुवाइमा आज पहिलो दिन पुर्व-पश्चिम राजमार्गको दायाँबायाँ रहेका झाडी तथा अन्य फोहोर वस्तु हटाउने काम भएको वडा अध्यक्ष अधिकारीले बताए ।
त्यस्तै सरसफाइ कार्यक्रममा प्रहरी चाैकी मसुरीयाका प्रमुख खेमराज खनाल, वडा सदस्यहरु चम्फा भुसाल, इश्वरी परियार, शिक्षक शशिकपुर कार्की, स्थानीय बासीहरु र दुर्गा भवानी स्कुलका स्काउट टोली लगायतको उपस्थिति रहेको वडा पालिकाले जनाएको छ ।
