
Fmb
Usb
Ssb
Csb
Nsb
Tgp
Ksb
Gsb
Bsn
Ksb
Rks
jsb
Ppu
Ssb
Ksb
Rsb

Ssb
Usb
Tsb
Gsb
Hl1

Nps
ptl
Rgu
दाङ । सामाजिक संजालमा गाली गलौच गरेको भन्दै मावि सिक्टाका शिक्षक बिष्णु खत्रीको नाममा साइबर ब्युरोमा उजुरी परेको छ ।
राजपुर गाउँपालिका वडा नम्बर-७ सिक्टामा रहेको माध्यामिक विद्यालयको राहत शिक्षकको रुपमा कार्यरत बिष्णु खत्रीलाई आवश्यक कारवाहीको माग गर्दै राजपुर गाउँपालिकाले साइबर ब्यूरोमा उजुरी गरेको हो ।
राजपुर गाउँपालिका वडा नम्बर-७ मावि सिक्टाका पदच्युत भएका प्रधानाध्यापक विष्णु खत्रीलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्पष्टीकरण सोधेको थियोे भने पदबाट हटाइएका प्रअ खत्रीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा गाउँपालिका अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,शिक्षा शाखा प्रमुख लगायत कर्मचारीलाई तथा नाम गालीगलौज गर्ने,पदभार गर्दा निमित्त प्रअलाई कुर्सीबाट लतार्ने लगायतका घटनामा संलग्नता देखिएको भन्दै पालिकाले स्पष्टीकरण सोधेको थियोे । स्पष्टीकरण दिनको लागी आनिकानी गर्ने र स्पष्टीकरण दिनको लागी सहमति नभएको राजपुर गाउँपालिका वडा नम्बर- ७ का सदस्य प्रमोद बस्नेतले जानकारी दिए ।
शिक्षक बिष्णु खत्रीले सामाजिक संजालमा गाउँपालिका अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई गाली गलौच तथा तथानाम शब्दहरु प्रयोग गरि मानहानी गरेको भन्दै गाउँपालिकाले प्रहरी समक्ष कारवाहीको लागि अनुरोध गरेको राजपुर पालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए । विद्यालयका शिक्षक जस्तो मर्यादित पदमा रहेका व्यक्तिले यसरी गालि गलौच गर्दै सामाजिक संजालमा विवाद गर्नु सार्वजनिक पदको दुरुपयोग हुने भन्दै खत्रीलाई साइबर ब्यूरो अपराध अन्तर्गतको कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएका छौँ,अध्यक्ष बुढाथोकीले भने । त्यसैगरी शिक्षक बिष्णु खत्रीले बारम्बार सामाजिक संजालमा गाली गलौच तथा नाम शब्दहरु प्रयोग गरिएको शब्द र सामाजिक संजालमा लेखेका सबै प्रमाणहरु पनि प्रहरीलाई पठाएको राजपुर गाउँपालिका अध्यक्ष शरद बुदाथोकीले जानकारी दिए ।
सोही राजपुर गाउँपालिका र शिक्षा शाखाद्वारा राजपुर गाउपालिका वडा नम्बर-७ सिक्टामा रहेको मावि विद्यालयमा निमित्त प्रधानाध्यापकको रुपमा रहेर काम गर्ने जिम्मेवारी भरत बहादुर बस्नेतलाई नियुक्त गरिएको थियोे । मावि विद्यालय सिक्टामा प्रधानाध्यापकको रुपमा कार्यपालिकालाई कुनै पनि जानकारी नदिई राजपुर गाउँपालिका र शिक्षा शाखाको नितृत्वमा छलफल गरि प्रधानाध्यापकको रुपमा भरत बहादुर बस्नेतलाई राखिएको हुँदा यस विषयमा विवाद भएको राजपुर गाउँपालिका वडा नम्बर-७ का अध्यक्ष पुष्कर वलीले जानकारी दिए ।
मावि सिक्टाको प्रधानाध्यापकको रुपमा रहेको हुँदा उनलाई शुभकामना बधाई दिनको लागी राजपुर गाउपालिका वडा नम्बर-७ का अध्यक्ष पुष्कर वली त्यस्तै गरेर वडा सदस्य प्रमोद बस्नेत त्यस्तै गरेर वडा नम्बर-६ का अध्यक्ष श्याम रोका लगायत त्यहाँका स्थानीयहरु र प्रहरीको टोलि पुगेको थियोे । भरत बहादुर बस्नेत मावि विद्यालयमा नियुक्त भएको हप्ता दिन नहुदै त्यस विद्यालयका पुर्व अध्यक्ष धन बहादुर वलीले शुक्रबारका दिन शुभकामना बधाई दिनुको सातो भरत बहादुर बस्नेत माथी दुव्र्यवहार गर्दै र तथा नाम बोल्दै बस्नेत बसेको कुर्सीबाट जबर्जस्ती बाहिर निकालिएको थियोे । सोही विवादको विषयमा राजपुर गाउँपालिका र शिक्षा शाखा र वडा अध्यक्षहरुको समन्वयमा सोमबार पुर्ण रुपमा छलफल हुने राजपुर गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष श्याम रोकाले जानकारी दिए ।
त्यस्तै मावि सिक्टामा रहेको विद्यालयको बारेमा भएको विवादका कारण त्यहाँको पठनपाठनमा समेत असर पर्दै आएको छ भने त्यस विद्यालयमा विद्यार्थीलाई शिक्षा दिनुको सातो राजनीतिको जनचेतना दिने गरिएको देखिएको छ ।
त्यसैगरेर मावि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले सुकुम्बासी तथा भुमिहिन हु भन्दै उनले आफ्नो मर्यादाको ख्याल नगरी राजपुर गाउँपालिका वडा नम्बर-७ का अध्यक्ष पुष्कर वलीसंग मिलोमतो गरि भुमिहिन फारम भरिएको आरोप लागेको छ ।
बिष्णु खत्रीले आफ्नो फेसबुक मार्फत राजपुर गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुख लगायत पत्रकारहरुलाई दुव्र्यवहार गर्दै र तथानाम बोल्दै आएका छन भने आफ्नो फेस्बुक मार्फत तथानाम गाली गर्ने र कमेन्ट गर्ने मुर्खता पनि रहेको र शिक्षाको विषयमा भन्दा राजनीतिको विषयमा आफ्नो फेसबुकमा लेखेर राख्ने गर्दै आएका छन ।
मावि सिक्टाका प्रधानाध्यापक जस्तो ब्याक्तीले विद्यार्थीलाई शिक्षा दिनु भन्दा बदी राजनीतिको विषयमा ध्यान दिनेलाई कसरी प्रधानाध्यापकको रुपमा राख्न सकिन्छ त्यसैले गर्दा उनलाई त्यो पद बाट निस्कासन गर्नु पर्ने देखिएकाले मावि सिक्टाको प्रधानाध्यापक बिष्णु खत्रीलाई हताएर त्यस पदमा भरत बहादुर बस्नेतलाई नियुक्ति गरिएको राजपुर गाउँपालिका वडा नम्बर-७ का वडा सदस्य प्रमोद बस्नेले जानकारी दिए ।
