
Unsku
Srbpu
Pbu
Rgp
Rgp1
Ggp
pku
Sgr
Lnp

Bbbpu
Ssm
Sbs
Ksm
Vor
Asm
Hal
Rgu
Rsb
Sls
Ggd
Rgu
Rgs
Bbu
Gst
nsb
Tsm
Pvg
Wsp

Pls
Abd
Mks
bbt
Rpp
Jmb
Bml
Gsb
sab
Rmb
Ptm
Syp
Jmb
दाङ । सरकारले एम्बुलेन्सहरुको स्तारोन्नती गर्ने नाममा देशका ६५ प्रतिशत एम्बुलेन्स चालकहरुको जागिर धरापमा पार्न थालेको देउखुरीको गढवामा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनीयन दाङको पाचौ जिल्ला अधिवेशनलाई संबोधन गर्दै संघका केन्द्रिय अध्यक्ष नवराज लामीछानेले यस्तो बताएका हुन् ।
सरकारले जारी गरेको निर्देशिका बमोजिम ९० दिनको अल्टिमेटम दिएर देशका सबै एम्बुलेन्स हरुलाई रंगरोगन, भेण्टिलेटर,दक्ष स्वास्थ्यकर्मी, ब्यवस्थित साईरन सहित एम्बुलदेन्सको स्तरोन्नती गर्न पत्राचार गरेको छ । यो संभव हुनै नसक्ने उर्दि जारी गरेर देशका ६५ प्रतिशत एम्बुलेन्स बन्द गराएर चालकहरुको जागिर धरापमा पार्न थालेको लामिछानेले बताए ।
निर्देशिका तत्काल शंसोधन नगरिएमा यसका बिरुद्ध संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनीयनले कडा भन्दा कडा संघर्ष गर्ने उहाँले चेतावनी दिए । संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनीयन दाङ शाखाका अध्यक्ष सुभाष रिजालको अध्यक्षता र गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एम्बुलेन्सको भाडादर र चालकहरुको तलब जमाना अनुसार समायोजन गर्न सम्बन्धित पक्षले पहल गर्नुपर्ने बताए । सरकारले निर्धारण गरेको निर्दैशिका बमोजिमको मापदण्ड पुर्याएर एम्बुलेन्सहरुको स्तरोन्नती गर्न कठिन भएको औंल्याउदै अध्यक्ष शर्माले एम्बुलेन्सको स्तरोन्नती र सेवा प्रभावकारीता भने आवश्यक रहेको बताए ।
कार्यक्रममा चालक संघका केन्द्रिय महासचिव मुक्ती काफ्ले,केन्द्रिय सल्लाहकार बिक्रान्त ज्ञवाली,नेपाल हृदयरोग निवारण प्रतिष्ठान लुम्बिनी प्रदेशका संयोजक रविलाल आचार्य,दाङ जिल्ला अध्यक्ष मोहन कुमार पाण्डेय,गढवा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर बुढा,वर्तमान बरिष्ठ उपाध्यक्ष मधा न्यौपाने,चालक संघका लुम्बिनी प्रदेश अध्यक्ष राजिव गुप्ता,एम्बुलेन्स चालक संघ कपिलबस्तुका अध्यक्ष कमल घिमिरे,रोल्पाका अध्यक्ष गणेश ओली,बर्दियाका अध्यक्ष खिदुलाल चौधरी,बाँकेका अध्यक्ष दिवेश चौधरी लगायतले बोलेका थिए ।
त्यस्तै अधिवेशनको उद्घाटन शत्रमा राप्ती अञ्चलमै लामो समय सम्म एम्बुलेन्स चालक रहनुभएका अम्मर राज कवर(चाँदीलाल) र कृष्ण बहादुर चौधरी लाई सम्मान गरिएको थियो भने देवि फार्मेसी कोहलपुरका सञ्चालक कविराज केसी लाई सम्मान गरिएको थियो । चालक संघका पूर्व लुम्विनी प्रदेश सहसचिव तथा कार्यक्रम संयोजक देवि चौधरी( डिके च्यालेन्ज) को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सल्लाहकार शिबराज पन्थीले गरेका थिए ।
अध्यक्षमा देवि चौधरी निर्विरोधः
संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनीयन दाङको पाँचौ अधिवेशनबाट गढवा उद्योग बाणिज्य संघका एम्बुलेन्स चालक देविराज चौधरी ( डिके च्यालेञ्ज) निर्विरोध निर्वाचीत भएका छन् । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा अशोक बोटे,उपाध्यक्षमा केशव कँडेल,सचिवमा समिर शर्मा खनाल,सहसचिव सुवास चौधरी,कोषध्यक्ष भेषराज भट्टराई,सदस्यमा ऋषिराज भट्टराई,अमित बिश्वकर्मा,कृष्ण चौधरी, बिक्रम गुप्ता,अजय चौधरी,लोकराज महतरा नर्विरोध निर्वाचित भएका छन् ।

