Sidha Patra शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ । हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । उक्त बाढी हिमताल फुटेर आएको हुन सक्ने आशंका गरिएको छ ।

खुम्बु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा रहेको थामे भन्ने स्थानमा बाढीले क्षति पुर्‍याएको जानकारी दिए ।‘माथिबाट एकाएक बाढी आयो । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ थामे भन्ने ठाउँमा रहेका घरहरुमा बाढी पसेको छ’, उनले भने । प्रारम्भिक विवरण अनुसार धनमालको क्षति भएपनि हालसम्म मानवीय क्षतिको जानकारी छैन । ‘अहिलेसम्म कसैलाई पनि केही भएको जानकारी छैन । तर, उद्धार कार्य जारी छ’, उनले भने । उनले तल्लो तटीय क्षेत्रमा सबैलाई खबर गरिसकिएको जानकारी दिए ।

त्यस्तै उनका अनुसार थामेमा रहेका एउटा विद्यालयको होस्टेलमा फसेका विद्यार्थीहरूको उद्धार गरिएको छ । यस्तै स्थानीयलाई पनि उद्धार गर्ने काम धमाधम भइरहेको छ । उनले हिमताल फुटेको आशंका गरिएको भन्दै एकाएक ठुलो आवाजका साथ लेदोसहितको बाढी आएको बताए । ‘माथि तिरबाट एकाएक बाढी आयो । थामेगाउँलाई मात्रै असर छ । घरहरु डुबेका छन्’, उनले थप बताए । घटनास्थल सोलुखुम्बु सदरमुकामबाट ३ दिन टाढाको दुरीमा रहेको वडा अध्यक्ष अधिकारीले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]