
Usbl-7
Gsbg-3
Msbg-2
Rksr-7
ksbl-7
Jsbg-7
Gsbr-6
jsbr-3
Csbg-7
Pbu


दाङ । दाङको घोराही ५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा जारी शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरतीमा बिहीबार सवा करोड दिप प्रज्वलन गरिएको छ ।
महायज्ञ तथा महाआरती औपचारिक रूपमा सकिनुअघि बिहीबार बेलुका सवा करोड दिप प्रज्वलन गरिएको हो । विभिन्न भत्तजनहरूबाट संकलित दिप बिश्वकै अग्लो त्रिशूल रहेको स्थानमा प्रज्वलन गरिएको समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिए ।
आध्यत्मिक जागरणसँगै धारपानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न साउन २ गतेदेखी सुरू भएको महायज्ञ तथा महाआरतीको समापन साउन ३२ गते शुक्रबार गरिनेछ । शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृगारिक महाआरतीमा राष्ट्रिय ख्याती प्राप्त विद्धान पण्डित कोमल उपाध्याय प्रमुख कथा वाचक रहेका थिए ।
