
syysr
Pbu
gms
Bksbus5
Ssbus
Gsbus
Jsbus
dsbus
Ratbs
Amb
Gsl
Rbs
Csbus
Nssbus7
Syees
Ddhbs

Wsp
Bbbpu
Rsb
Ksm
Pvg
Tsm
Ggd
Sls
Gst
Bbu
Vor
Sbs
Ssm
Hal
Rgu
Rgu
Rgs
Asm
nsb

Mks
Syp
Jmb
Bml
Pls
sab
Jmb
Ptm
bbt
Gsb
Abd
Rpp
Rmb
दाङ । देउखुरीको लमही नगरप्रमुख र पालिकाका शाखा अधिकृत हरुसँग विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन् ।
‘नगरप्रमुख र अधिकृतसँग विद्यार्थी’ कार्यक्रम अन्तरगत गुरुकुल एकेडेमी लमहीका विद्यार्थीहरु नगर प्रमुख, प्रशासकीय अधिकृत र शाखा अधिकृत हरुसँग आमनेसामने भएका हुन् । खासगरी नगरपालिका र वडा कार्यालयको काम कर्तब्यहरुको शिक्षा दिलाउन विद्यार्थीहरुलाई अन्तरक्रियामा सहभागी बनाईएको गरुकुल एकेडेमी लमहीका शिक्षक सौरभ मल्लले जानकारी दिए ।
स्थानिय पाठ्यक्रम अन्तरगत रहेर जनप्रतिनिधी र कर्मचारीहरुसँग विद्यार्थीहरुले अन्तरक्रिया गरेका हुन ।कार्यक्रममा विद्यार्थीहरुले पालिकाको नीति तथा कार्यक्रम, बजेट स्रोत र ब्यबस्थापन, सामाजिक र बातावरणिय पहल, योजनाहरु र कार्यान्वयन, आर्थिक समृद्धि र रोजगारी, जनसँख्या, शैक्षिक सँस्थाको अबस्था, स्वास्थ्य सेवा, क्षेत्रफल र भुगोल, कृषि तथा सिँचाईको अबस्था, उद्योग कलकारखाना, सँस्कृती, धार्मिक तथा पर्यटन, ऐतिहासिक स्थल र समसामयिक बिषय सम्बन्धी प्रश्न गरेका थिए ।
नगरप्रमुख र शाखा अधिकृतहरुले विद्यार्थीहरुको जिज्ञासा मेटाएका थिए । ‘नगरप्रमुख र अधिकृतसँग विद्यार्थी’ कार्यक्रमले स्थानिय सरकारको काम कर्तब्य सम्पुर्णको शिक्षा हाँसिल गरेको विद्यार्थीहरुले बताएका छन । अन्तरक्रियामा गुरुकुल एकेडेमी लमहीमा अध्ययनरत कक्षा ६ देखी ८ सम्मका विद्यार्थीहरु नगरप्रमुख जोगराज चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, प्रशासन प्रमुख महेश थापा ठेँडी, शिक्षा, लेखा, स्वास्थ्य, योजना, पुर्बाधार, बन वातावरण तथा बिपद ब्यबस्थापन, महिला बालबालिका, आईटी सुचना प्रबिधी, कृषि, पशु, मेड्पा, राजस्व, उद्योग प्रबर्द्धन लगायतका शाखा अधिकृतहरु आमानेसामाने भएका हुन् ।
त्यस्तै विद्यार्थीको जिज्ञाशा मेटाउँदै नगरप्रमुख जोगराज चौधरीले देशको समृद्धिमा विद्यार्थीको भुमिका महत्वपुर्ण रहने बताए । समृद्धि शिक्षासँग जोडिएकाले हरेक क्षेत्रको शिक्षा हाँसिल गर्न आबस्यक रहेको बताए । उनले लमही क्षेत्र शिक्षित बनाउन शिक्षा तथा शिक्षण सँस्थामा भरपुर लगानी गरिरहेको बताउँदै विद्यार्थीले भरपुर मेहनत गरि सफल बन्नुपर्ने कुरामा जोड दिए । ‘यहाका नागरिक शिक्षित बन्नुपर्छ, त्यसैले हामिले शिक्षामा बढि लगानी गरेका छौ नगरप्रमुख चौधरीले भने-पालिकाको लगानीलाई खेर जान नदिनुस, भरपुर मेहनत गर्दै सफल बन्नुस यही शुभकामना छ ।’
कार्यक्रममा लमही नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले मेहनत गरेपछी अबस्य सफल भईने कुरामा जोड दिए । साना बालबच्चा देखि नै आचरण लाई सही बाटोमा हिँडाएर सफल जनशक्तीको रुपमा आफुलाई उभ्याउनुपर्ने बताए । पोजेटिभ कुराहरुलाई ग्रहण गर्दै सुरक्षालाई मध्यनजर गरि आफू सुरक्षित बन्न शिक्षा नै अति आबस्यक रहेकोले शिक्षा हाँशिल गर्नतर्फ अत्यधिक मेहनत गर्नुपर्ने बताए ।

