
Djs
Unsku
Lnp
Sgr
pku
cjs
Gfs
Rgp
Pes
Rgp1
Srbpu
Pbu
sbs
Ggp

Tsm
nsb
Sbs
Ggd
Bbbpu
Bbu
Ksm
Wsp
Pvg
Rgs
Sls
Rgu
Hal
Asm
Rsb
Rgu
Vor
Ssm
Gst

Pls
sab
Syp
Rmb
Ptm
Mks
Bml
bbt
Jmb
Jmb
Gsb
Abd
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित माैरीघाट सामुदायिक स्वास्थ्य इकाईमा साेमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
“दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिका चेम्बर अफ कर्मशकाे मातहातमा रहेको युवा चेम्बर अफ कमर्सकाे आयाेजना एवम् राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा २५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा साे कार्यक्रम सम्पन्न भएको हाे।
रक्तदान कार्यक्रममा २० जना रक्तदाताहरुबाट २० युनिट रगत संकलन भएको छ। युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको साे कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष विष्टले सबैभन्दा उत्कृष्ट दान भनेकै रक्तदान भएको बताउदै समाजमा अझै पनि रक्तदान गर्नुको महत्त्व बुझाउन आवश्यक रहेको बताए । रक्तदान कार्यक्रमले जिल्लाका विभिन्न अस्पतालहरुमा बेलाबेलामा देखिने रगत अभावकाे समस्या समाधान गर्न सहयोग पुग्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो । अध्यक्ष विष्टले युवाहरू रचनात्मक कार्य प्रति अग्रसर बन्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चाैधरी,दाङ रक्त सञ्चार सेवा केन्द्रका जिल्ला प्रमुख दिलिप न्यौपाने,राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्बासे,शेषकान्त आचार्य लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियो। कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।
