
Srbpu
Pes
Sgr
Rgp
Djs
cjs
Gfs
Rgp1
Ggp
sbs
Unsku
Pbu
Lnp
pku

Sbs
Wsp
Sls
Asm
Rsb
Ksm
Rgu
Bbbpu
Tsm
Bbu
Rgs
Rgu
Vor
Ggd
Hal
nsb
Pvg
Ssm
Gst

Abd
Gsb
Jmb
Rmb
Bml
Syp
sab
Pls
Rpp
bbt
Mks
Ptm
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका स्थित वडा नम्बर -७ जेलबाङ खोला नाकामा २ जनाको मृत्यु भएको छ ।
सामान्य ज्वरो र टाउको दुखाइ जस्ता रोगबाट दुई जना महिलाको मृत्यु भएको छ । सामान्य ज्वरो र टाउको दुखाइ रहेको १५ वर्षीय कृष्णा बुढालाई उपचारको लागी छिमेकी राष्ट्र भारतको सिरसिया अस्पतालमा उपचार गरेर घर ल्याएको केहि दिन पछि साउन १७ गते उनको मृत्यु भएको थियोे ।
त्यस्तै सोही गाउँको दिलसा बुढालाई पनि सोही लक्षण देखा परेपछि गाउमै रहेको स्वास्थ्य चौकीमा लगिएको थियोे । स्वस्थ्य चौकीबाट स्वास्थ्यमा सुधार नभएपछि दिलसालाइ उपचारको लागी भारतको बाटो हुँदै नेपालगन्जको नर्सिङहोम हस्पिटलमा लगिएको थियोे । नेपालगन्ज नर्सिङ अस्पतालमा २२ गते उनको पनि मृत्यु भएको राजपुर गाउँपालिका वडा नम्बर ७ का कार्यपालिका सदस्य सन्देश बि.कले जानकारी दिए ।
नाका क्षेत्रमा अत्याधिक गर्मी र लगातार परेको अविरल वर्षाको झरीले गर्दा बिरामीको संख्या बढे पछि राजपुर गाउँपालिकाबाट स्वस्थ्यकर्मी कमल रोकायको नेतृत्वमा पाँच ५ जनाको टोलि परिक्षणको लागी बुधबार नाका पुगेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुदाथोकीले जानकारी दिए । प्राय जसो नाका क्षेत्रमा खोलाको पिउने पानी प्रदुषित भएको पानी पिउने र जंगली लामखुट्टेको टोकाइको कारण मलेरिया भएर बिरामी भएको हुन सक्ने स्थानीय वासी पुर्ण रोकाले जानकारी दिए ।
त्यस्तै मृत्यु भएका कृष्णा र दिलसा एकै घरका नन्द भाउजू रहेको स्थानीय बालाराम गिरीले बताए । त्यस क्षेत्रमा यस्ता बिरामी धेरै रहेको बताइएको छ । राजपुर गाउँपालिका अन्तर्गत नाका क्षेत्रमा भनेको जस्तो यातायात सेवा स्वास्थ्य सेवा सुबिधा नहुँदा नाका बासीले अकालमै ज्यान गुमाउनु परेको छ ।
