
Unsku
Pes
cjs
Djs
Rgp1
pku
Srbpu
sbs
Gfs
Rgp
Ggp
Sgr
Pbu
Lnp

Asm
Hal
Pvg
Ggd
Wsp
Sls
Rgs
Gst
Sbs
Bbu
nsb
Rgu
Ksm
Bbbpu
Ssm
Rsb
Rgu
Vor
Tsm

sab
Rpp
Jmb
Gsb
Jmb
Bml
bbt
Ptm
Rmb
Pls
Syp
Abd
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकाेटमा शनिबार (भोलि) विशेषज्ञ सेवा सहितको एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नवनिर्मित करङ्गेकाेट सामुदायिक स्वास्थ्य इकाईकाे भवनमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी सहितको दक्ष स्वास्थ्यकर्मीहरुद्वारा बिरामीहरुकाे स्वास्थ्य चेकजाँच गरिनुका साथै नि:शुल्क औषधि समेत वितरण गरिने शाखा प्रमुख राउतले जानकारी दिए । शिविर बिहान ११ बजेदेखि सञ्चालन हुने बताइएको छ ।
नवनिर्मित करङ्गेकाेट सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिदै
यसैबीच शनिबार नै नवनिर्मित करङ्गेकाेट सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिने भएको छ । प्रदेश सरकार र गाउँपालिकाकाे ११ लाख बढी लागतमा निर्माण सम्पन्न भएको उक्त स्वास्थ्य इकाई भवनको पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले उद्घाटन गर्ने भएका छन् ।
त्यस्तै विकट गाउँका नागरिकहरुलाई गाउँमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले निर्माण भएको स्वास्थ्य इकाई भवनको उद्घाटनसँगै विशेषज्ञ सेवा सहितकाे नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएकाेले शिविरमा सहभागि भई स्वास्थ्य लाभ लिन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सबैलाई आह्वान समेत गरेका छन् ।
