
Msbg-2
Jsbg-7
Pbu
Rksr-7
Usbl-7
Gsbg-3
Gsbr-6
ksbl-7
jsbr-3
Csbg-7


काठमाडौं । अविरल रुपमा वर्षाका आएको कारण बाढीले बगाएर भोजपुरमा बर्दियाका दुई जना बेपत्ता भएका छन्।
भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इखुवा जलविद्युत आयोजनामा कार्यरत २ मजदुरलाई बाढीले बगाएको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू रहेका छन् ।
त्यस्तै बाढीमा परेका २६ वर्षीय राम किसन थारूको भने उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
