
Rbs
Amb
Ddhbs
Jsbus
Csbus
Pbu
Ssbus
Nssbus7
Ratbs
Bksbus5
Syees
dsbus
gms
Gsbus
syysr
Gsl

Sls
Tsm
Asm
Bbbpu
Rsb
Hal
Vor
nsb
Ssm
Rgu
Sbs
Rgs
Wsp
Bbu
Rgu
Ggd
Ksm
Pvg
Gst

Syp
sab
Abd
Rmb
Jmb
Rpp
bbt
Bml
Mks
Jmb
Ptm
Pls
Gsb
दाङ । देउखुरीको लमहीमा रहेको गुरुकुल एकेडेमी लमहीले आफ्नो स्थापनाको १०० दिन उत्सव एक कार्यक्रमका साथ मंगलबार मनाएको छ ।
शैक्षिक सत्र २०८१ बाट संचालनमा आएको विद्यालयले आफ्नो १०० दिनको उत्सव मनाएको हो । उत्सवको अवशरमा विद्यालयले विभिन्न कार्यक्रम गरेर मनाएको हो ।
पानसमा बत्ति बालेर सुरुवात गरेको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न किसिमका नृत्य , गित,ड्रामा तथा बिट बक्सिङ प्रस्तुत गरेका थिए । उत्सवको अवशरमा विद्यार्थीहरुले गुरुकुल एकेडेमी लमहीमा १०० दिनको अनुभव समेत सुनाएका थिए ।
गुरुकुल एकेडेमी लमही स्थापना पश्चात विद्यालयमा आबद्ध भएका विद्यार्थीहरुले पढाई संगै के–कस्ता कृयाकलाप सिके भन्ने विषय आम अभिभावक माझ प्रस्तुत गर्न यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सुरज खनालले जानकारी दिए । नृत्य क्षेत्रको प्रशिक्षकमा हेमन्त पान्डे रहेका छन् भने अन्य गायन,ड्रामा तथा बिट बक्सिङ विद्यालयका शिक्षकहरु रहेका छन् ।
विद्यार्थीहरुको शैक्षिक सुधार तथा सर्वाङगिन विकासका लागि आवश्यकताका कृयाकलापहरु विद्यालयले नियमित गराउदै आएको छ । जसका कारण विद्यार्थीहरु शिक्षा बाहेक अन्य कृयाकलापमा पनि अब्बल बन्दै गएको छ । कार्यक्रमको अवशरमा विद्यालयका प्रधानाध्यापक सुरज खनालले आफ्नो भनाई राखेका थिए । उनले विद्यालयका शिक्षक , कर्मचारी ,संचालक समिति ,सेयर होल्डर लगायतको अथक मेहनतपछि आफुहरु सफल बन्दै गएको बताए ।
विद्यालयको सफलताको लागि नविनतम प्रविधि प्रयोग गरेर उच्च क्वालिटिको शिक्षा प्रदान गर्ने र आफ्नो विद्यार्थीहरुको भविष्य सुनिश्चित रहेको हुँदा सम्पूर्ण अभिभावकहरुलाई ढुक्क रहन पनि आग्रह गरेका छन् । साथै उनले विद्यालयलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद समेत प्रदान गरेका छन् ।

