
Rbs
Bksbus5
Jsbus
Ratbs
gms
Ssbus
Syees
Nssbus7
Gsl
Pbu
Csbus
Ddhbs
Gsbus
syysr
dsbus
Amb

Tsm
Hal
Wsp
Vor
Bbbpu
Rgs
Asm
Gst
Rgu
Pvg
nsb
Rgu
Sbs
Ssm
Ggd
Sls
Rsb
Ksm
Bbu

Pls
Rmb
sab
Jmb
Bml
Gsb
Syp
Abd
Mks
Ptm
Rpp
bbt
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई फलफूलका बिरुवा वितरण गरेको छ ।
पालिकाले विद्यार्थीहरुमा वातावरणीय चेतना जागृत गराउनुका साथै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने योजनाअनुसार तीनवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई उक्त बिरुवा वितरण गरेको हो ।
वडा नं.४ मा रहेको माध्यमिक विद्यालय माैरीघाट,६ मा रहेकाे ज्ञानाेदय माध्यिमिक विद्यालय पत्थरगढवा र ८ मा रहेको शंकर माध्यमिक विद्यालय पिपरीका कक्षा ८ देखि १० सम्मका ९ सय १५ जना विद्यार्थीहरुलाई आँप र अम्बाका कलमी बिरुवा वितरण गरेकाे गाउँपालिकाका वन तथा वातावरण शाखाका फाेकल पर्सन सुवास भट्टराईले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वली र शिक्षा शाखा प्रमुख विश्वास विक लगायतले विद्यार्थीहरुलाई संयुक्त रूपमा बिरुवा वितरण गरेका हुन् ।
त्यस्तै बिरुवा वितरण कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले फलफूलका बिरुवा रोप्दा पर्यावरण संरक्षण,विद्यार्थीहरुमा वातावरणीय चेतना वृद्धि, स्थानीय अर्थतन्त्रको सुधार हुनुका साथै स्वस्थकर फलफूल उत्पादनले नागरिकको स्वास्थ्य लाभ समेत हुने बताए ।
“बिरुवा वितरण गर्नुकाे उदेश्य विद्यार्थीमा कृषि प्रति रुचि जगाउने र उत्पादनसँग जोडने पनि हाे।”, अध्यक्ष विष्टले भने,-“यो अभियानले विद्यार्थीहरुमा अध्ययन सँगसँगै श्रम गर्ने बानीको समेत विकास हुन्छ।” आगामी दिनमा अन्य विद्यालयहरुमा पनि यस किसिमको कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
यस्तै उक्त फलफूल वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि,कृषि प्राविधिक लगायत शिक्षकहरूको समेत सहभागीता रहेको थियो ।
