
Bksbus5
Pbu
Rbs
Amb
syysr
Syees
Csbus
Gsl
Jsbus
Ssbus
dsbus
Gsbus
gms
Ddhbs
Ratbs
Nssbus7

Ksm
Bbbpu
Rgu
Wsp
Hal
Rgu
Vor
Gst
Sls
Rgs
Ggd
Pvg
Sbs
Asm
nsb
Rsb
Tsm
Bbu
Ssm

Mks
bbt
sab
Bml
Rpp
Ptm
Jmb
Pls
Syp
Gsb
Rmb
Abd
Jmb
दाङ । गुरुकुल एकेडेमी घोराहीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाएको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्ती मनाएको हो ।
असार २९ गतेको दिन नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा विभिन्न साहित्यिक गतिविधिको आयोजना गरि परम्परागत रुपमा मनाउदै आएको जन्म उत्सव गुरुकुल एकेडेमीले सोही अनुरुप मनाएको हो ।
हरेक वर्ष भानुजयन्तीमा राष्ट्रिय विभूति भानुभक्तको तस्विरमा टिका तथा माल्यार्पण लगायत विभिन्न गतिबिधि गरी मनाउदै आएको छ । १८७१ असार २९ गतेका दिन नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । उनको बुवाको नाम जन्म धनञ्जय आचार्य र आमाको नाम धर्मावतीदेवी हो। पिता धनञ्जय जागिरे हुँदा भानु भक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो ।
त्यस्तै भानुभक्तको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । भानुभक्तले‘प्रश्नोत्तर’,भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएको र उँहाको जन्मजयन्तीको निकै महत्वका साथै मनाउदै आएको नेपाली विषयका साहित्यकार तथा गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिले बताए ।
गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा कृष्णराज डिसिको अध्यक्षतामा भएको जन्मजयन्ती कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले आचार्यको तस्विरमा टिका तथा माल्यार्पण गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक मेघनाथ खड्काले गरेका थिए ।
