
Djs
pku
Ggp
Rgp
Rgp1
Lnp
Pes
Gfs
sbs
Unsku
Pbu
Srbpu
cjs
Sgr

Sbs
Gst
Bbbpu
Sls
Ggd
Rgu
Ssm
Wsp
Rgs
Rsb
Pvg
Vor
Hal
Tsm
nsb
Asm
Ksm
Bbu
Rgu

Rpp
Pls
Jmb
Syp
bbt
Jmb
Mks
Bml
sab
Abd
Ptm
Gsb
Rmb
दाङ । देउखुरीको गढवामा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका विषयमा मंगलवार छलफल भएको छ।
छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले नेत्रज्योति संघ लमही आँखा अस्पतालसंग साझेदारी गरेर आँखा उपचार तथा मोतिबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया गर्ने कार्यक्रम बाट जनतालाई धेरै सहजता भएको बताए ।
कार्यक्रम नहुँदा गढवा गाउँपालिकाबासीहरुले नियमित आँखा चेकजाँच नगराउने मोतिबिन्दु भएका बिरामीहरू पनि कुरेर बस्ने अस्पतालसम्म नपुग्ने समस्या थियो भने कार्यक्रम सुरु भएपछि सबैको मोतिबिन्दु नि:शुल्क रुपमा उपचार भैरहेको बताए । आँखा उपचारको क्षेत्रमा गढवा गाउँपालिकाले गरेको काम प्रभावकारी भएको बताए । आँखा चेकजाँच निममित गर्नु पर्छ भन्ने हिसावले गढवा गाउँपालिकाले गढवा ३ गोबरडिहामा एकीकृत आँखा उपचार केन्द्र स्थापनागरि सञ्चालनमा ल्याइएको र त्यसबाट उपचारमा थप सहयोग पुगेको जानकारी दिए ।
त्यस्तै गढवा गाउँपालिकाले गढवा – ३ गोबरडिहा र गढवा ८ कोईलावास बाट नियमित सेवा दिई रहेको बताए । कोइलाबास आखा उपचार केन्द्रबाट भारत र नेपाल बिचको सम्बन्ध थप प्रगाढ बन्दै गएको बताउदै कोईलाबासमा भारतीय मुलका नागरिकहरु बढी आउने गरेको जानकारी दिए । कोइलाबासमा मोतिबिन्दुका बिरामीहरुको शल्यक्रिया नियमित गर्नका लागि थप बजेट व्यवस्थापन गरेको जानकारी दिए । आगामी दिनमा नि:शुल्क आँखा चेकजाँच शिविरलाई बढाउदै लैजाने बताए ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ,उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकिय अधिकृत अम्मर राज शर्मा र विज्ञ प्रा.डा. किरण रेग्मी,समाज कल्याण परिसद अनुगमन मुल्यांकन विभागका सहायक निर्देशक पेम्बा तापाङ, नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्का,प्रमुख प्रशासक सम्शेर थापालगायतकाे टाेलि बीच गढवा गाउँपालिका र नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उज्यालो कार्यक्रमको बारेमा आँखा स्वास्थ्य सेवाकाे विकास र विस्तारका विषयमा छलफल भएको छ ।

