शिबराज पन्थी/सिधा-पत्र कर्मी मंगलबार, आषाढ ११, २०८१

दाङ । बैदेशिक रोजगारीमा विश्वका बिभिन्न मूलूकहरुमा कार्यरत नेपालीहरुको साझा संस्था गैह्र अवासीय नेपाली संघले विदेशको उपहारः सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण अभियान ल्याएको छ ।

सोमवार दाङको गढवा स्थित वालकल्याण आधारभूत बिद्यालयमा अध्ययनरत दुई सयको हाराहारी छात्राहरुलाई एक कार्यक्रमका बिच सोहि अभियान अन्तर्गत सेनेटरी प्याड वितरण गरिएको संघका समन्वयकर्ता रामप्रसाद बञ्जाडेले जानकारी दिए । सोहि बिद्यालयका पूर्व शिक्षक तथा संघका समन्वयकर्ता बिमला पन्थीले सरकारी बिद्यालयका विद्यार्थी छात्राहरुलाई सेनेटरी प्याड वितरण गर्ने अभियान अन्तर्गत आफूले पढाएको बिद्यालयबाट यो अभियान थालनी गरिएको बताए ।

छात्राहरु मिन्स्योरेन्स भएको वेला शारीरिक सरसफाईकालागि सेनेटरी प्याड प्रयोग गर्नुपर्छ भन्ने अभियानबाट बिद्यार्थीहरु मार्फत सचेतनाको जागरणकालागि बिपन्न र सिमान्तकृत वर्गका नागरिकहरुका छोराछोरीहरुले पढ्ने सरकारी बिद्यालयमा यस्तो कार्यक्रम ल्याइएको उनले बताए । सोमवार सो बिद्यालयका प्रअ ताराप्रसाद ढुंगानाको सहजीकरणमा गढवा गाउँपालिका शिक्षा समितीका सदस्य तथा वडा नम्बर ६ का वडा सदस्य दिनमणी आचार्य र गैह्र आवासीय नेपाली संघका प्रतिनिधी रामप्रसाद बञ्जाडेले बिद्यार्थीहरुलाई सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् । यो अभियान अन्तर्गत गढवा र राजपुर गाउँपालिकाका केहि सरकारी बिद्यालयहरुमा प्याड वितरण गर्ने कार्यक्रम रहेको संघका प्रतिनिधी बञ्जाडेले बताएका छन् । यसअघि गढवा–६ का सगरमाथा आमा समूह र हरियोसंग आमा समूहका एकसय दशजना महिलाहरुलाई सेनेटरी प्याड वितरण गरिएको थियो । यहीँ असार महिना भित्रै बिभिन्न बिद्यालयहरु छनोट गरि प्याड वितरण गर्ने कार्यक्रम रहेको पनि संघका प्रतिनीधिले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]