
Lsbus
Nssbush
Ses
Gis
Lsbus
Gss
Ksbus
Bsbus
Rsbus
Ssbus
Gsl
Gsbus
ebg
Gsbus
Gsbus
Pbu
Gis
Gis
Ksbus
Ksbus

Rsb
Sbs
Vor
Hal
Rgu
Bbu
nsb
Gst
Ggd
Rgu
Pvg
Bbbpu
Ksm
Sls
Rgs
Ssm
Asm
Tsm
Wsp

Mks
Ptm
Gsb
Rpp
bbt
Syp
Jmb
sab
Rmb
Bml
Jmb
Abd
Pls
काठमाडौं । अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप २०२४ सुपर–८ मा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।
ग्रुप-१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा ग्रुप-२ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ । २०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाउन सक्यो । ट्रविस हेडले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाए । मिचेल मार्शले २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए । ग्लेन म्याक्सवेल २०, मार्कस स्टोइनिस २, टिम डेविड १५ र डेविड वार्नर ६ रनमा आउट भए ।
त्यस्तै भारतका अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अक्षर पटेल र जस्प्रित बुमराहले १-१ विकेट लिए । त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । भारतका रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्कासहित सर्वाधिक ९२ रन बनाए । मिचेल स्टार्कको १२ औं ओभरको दोस्रो योर्कर बलमा बोल्ड आउट भएपछि रोहित शतकबाट चुकेका थिए । त्यसअघि रोहितले तेस्रो ओभरमा स्टार्कलाई चार छक्का र एक चौकासहित कुल ३२ रन प्रहार गरेका थिए ।
यस्तै ओपनर विराट कोहली शून्यमै आउट भएपनि दोस्रो विकेटका लागि रोहित र पन्तले ८९ रनको आक्रामक साझेदारी गरेका थिए । पन्त १४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए ।सूर्यकुमार यादव १६ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । हार्दिक पान्ड्या १७ बलमा १ चौका र २ छक्कासहित २७, शिवम दुबे २८ र रविन्द्र जडेजाले ९ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।
अव अफगानिस्तान र बंगलादेश सुपर- ८ को अन्तिम खेल मंगलबार विहान खेल्ने छन् । उक्त खेलमा बंगलादेश झिनो अन्तरले विजयी भएमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तान विजयी भएमा भने अष्ट्रेलिया बाहिरिनेछ । पहिलो पटक सेमिफाइनल खेल्न अफगानिस्तानलाई अन्तिम खेलमा जित पर्याप्त हुने छ ।
