
Ddhbs
Pbu
Syees
Nssbus7
Ratbs
Gsbus
dsbus
Csbus
Jsbus
syysr
Bksbus5
Gsl
Amb
Rbs
gms
Ssbus

Ksm
Rgu
Hal
Asm
Gst
Ssm
Sls
Rgu
Sbs
Rgs
Rsb
Tsm
nsb
Bbu
Vor
Pvg
Ggd
Bbbpu
Wsp

Ptm
Gsb
Syp
Bml
Rmb
Jmb
Abd
Mks
bbt
Rpp
Pls
sab
Jmb
दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा कार्यरत करार शिक्षकलाई हटाउन लागिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
शिक्षक अभाव भैरहेका बेला राजनितीक आस्थाका आधारमा शिक्षकलाई हटाउन थालिएको र पठनपाठन प्रभावित हुने भन्दै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । आयुर्वेदको एउटा विभागमा ४ जना विज्ञ शिक्षक हुनु पर्ने चिकित्सा शिक्षा आयोगको मापदण्ड भएको अवस्थामा हाल अध्यापन गराइरहेका २ जना शिक्षक लाई पनि राजनितीक आस्थाका आधारमा असार महिनादेखी करार अवधी थप नगरी हटाउन लागेको भन्दै विद्यार्थीहरुले विश्वविद्यालय पदाधिकारीहरुको ध्यानाकर्षण गराएका हुन् ।
यस्तै केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डका स्ववियु सभापति हेमन्त वन्जाडेले विद्यार्थीको पठनपाठन प्रभावित गर्नेगरी विश्वविद्यालयले चालेको कदम आफुहरुलाई कदापी स्वीकार्य नहुने बताए । आफहरुको आग्रहलाई बेवास्ता गरीए स्ववीयु कठोर कदम चाल्न बाध्य हुने उनको भनाइ छ । केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा कार्यरत करार शिक्षकहरु आयुर्वेद शल्यचिकित्सक मदन भण्डारी र रस शास्त्र विज्ञ अमित कर्णलाई असार देखी हाजिरी नगराउने राजिष्टार माधव अधिकारीले मौखिक आदेश दिएको भन्दै क्याम्पस प्रशासन अन्यौलमा रहेको श्रोतले बताएको छ । आधिकारीक रुपमा पत्र नआएको तर मौखिक आदेश आएकाले हाजिरी गराउने कि नगराउने भन्नेमा आफुहरु अन्यौलमा रहेको क्याम्पस प्रशासनको भनाइ छ ।
त्यस्तै चिकित्शा शिक्षा आयोगको मापदण्ड अनुसार केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा ५० बढि शिक्षक हुनुपर्ने भएपनि हाल २० जना शिक्षक मात्रै कार्यरत छन् । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा २ सय बढि विद्यार्थीले आयुर्वेद स्नातक अध्ययन गरीरहेका छन । विद्यार्थी संख्या उल्लेख्य भएपनि शिक्षकको व्यवस्थापन गर्न र पठनपाठनलाई गुणस्तरीय बनाउन विश्वविद्यालयले कुनै चासो नदिएको आरोप विद्यार्थीहरुको छ । साथै विद्यार्थीहरुले त्यहाँ अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासका लागि आवस्यक पर्ने सुविधा सम्पन्न आयुर्वेदिक अस्पताल निमार्णमा विश्वविद्यालयले कुनै ध्यान नदिएको र विद्यार्थीहरु मर्कामा परेको स्ववियुले जनाएको छ ।
