
Ratbs
dsbus
Nssbus7
Syees
Jsbus
Gsl
Ssbus
syysr
Bksbus5
Rbs
Ddhbs
Gsbus
Amb
Csbus
Pbu
gms

Pvg
Tsm
nsb
Bbu
Vor
Gst
Rgu
Wsp
Asm
Rgs
Hal
Sls
Rgu
Ggd
Ssm
Sbs
Rsb
Bbbpu
Ksm

Jmb
sab
Bml
Rmb
Gsb
Abd
bbt
Syp
Mks
Pls
Jmb
Rpp
Ptm
दाङ । गढवा गाउँपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन सबैजसो वडाहरुमा अभियानहरु संचालन गरिएको छ ।
आगामी एक बर्ष भित्र गढवा गाउँपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने अभियान अन्र्गत बिभिन्न वडाहरुमा स्वास्थ्य शाखा र स्वास्थ्यचौकी मार्फत अभियानका कार्यक्रमहरु संचालन गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिए ।
अभियान अन्तर्गत सबै वडाहरुमा वडा स्तरीय समितिहरु गठन गरिएको,समिति मार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरु र आमा समूह परिचाचलन गरिएको,पालिका स्तरका सचेतना मूलक अभिमुखिकरण तथा कार्यशालाहरु गरिएको र वडा स्तरमा पनि स्वास्थ्य स्वयंसेविक,आमा समूहहरु, स्वास्थ्य ब्यवस्थापन समिति र सरोकारवालाहरुलाई सचेतना मूलक प्रशिक्षणहरु संचालन गरिरहेको र वडा स्तरीय बार्षिक कार्ययोजनाहरु बनाईदै गरेको कार्यक्रम संयोजक शुभेच्छा रोकायले जानकारी दिए ।
यसैविच विहीवार गढवाको वडा नम्बर ६ मा वडा स्तरीय समितिलाई दुईदिने अभिमुखिकरण मार्फत बार्षिक कार्ययोजनाहरु तय गरिएको वडा अध्यक्ष बिरबहादुर आले मगरले जानकारी दिए । क्षयरोगमा मानिसका आँखाले देख्न नसकिने माईक्रो ब्याक्टोरीया नामाक सुच्छ्म जिवाणुहरु रहने भएकोले यो संक्रामक रोग भएको कार्यक्रममा जानकारी गराइएको हो ।
त्यस्तै वडा अध्यक्ष बिरबहादुर आलेमगरको अध्यक्षतामा भएको बार्षिक कार्ययोजना निर्माण कार्यशालामा जनप्रतिनिधि,महिला स्वास्थ्य संवयम्सेविका, संघसंस्थाका प्रतिनिधी र शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रममा क्षयरोगका लक्ष्यण, उपचार पद्धति र क्षयरोग मुक्त गाउँपालिका घोषणा कार्यक्रमका बारेमा सहभागिहरुलाई जानकारी गराइएको हो ।
यस्तै अभियानलाई सफल बनाउन गढवा ६ ले बार्षिक कार्ययोजनाहरु बनाएको छ । जसमध्ये वडा स्तरका सबै टोलहरुमा जनशक्ति परिचालन गरि सकृय खोजपड्ताल घरदैलो कार्यक्रम गर्ने,बस्ति तथा टोल स्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने,आमा समूह,महिला स्वास्थ्य स्वयंसेविका तथा बिद्यालयहरुलाई सकृय बनाउने, सि.बि. डट्स कार्यक्रम सञ्चालन गर्ने तथा पौष्टिक आहार सम्बन्धि पोषण सेवा प्रदान गर्ने लगायतका बार्षिक कार्ययोजनाहरुलाई कार्यान्वयन गर्ने लगायतका बार्षिक शुच्छ्म योजनाहरु तय गरिएको गाउँपालिकाले जनाएको छ ।
बार्षिक कार्ययोजना सफल बनाउन सरोकारवाला सबैले साथ र सहयोग गरेमा अभिायान सार्थक रहने वडा अध्यक्ष आलेले बताए । कार्यक्रमको सहजिकरण गढवा स्वास्थ्यचौकीका प्रमुख सुर्यनारायण यादव र क्षयरोग मुक्त अभियान कार्यक्रमका संयोजक शुभेच्छा रोकायाले गरेका थिए । कार्यशालाबाट तय गरिएका बार्षिक कार्यक्रमहरुलाई सबैको तर्फबाट कार्यान्वयन गर्नेगरि प्रतिवद्धतामा हस्ताक्षर समेत गरिएको छ ।

