
Csbus
Ssbus
Jsbus
Amb
Bksbus5
gms
Nssbus7
Gsl
Gsbus
Syees
syysr
Rbs
dsbus
Ratbs
Ddhbs
Pbu

nsb
Rgs
Gst
Sls
Asm
Ksm
Ssm
Vor
Rgu
Pvg
Sbs
Bbbpu
Ggd
Hal
Wsp
Rsb
Bbu
Rgu
Tsm

Pls
Jmb
Bml
Rpp
bbt
sab
Mks
Ptm
Abd
Gsb
Syp
Jmb
Rmb
काठमाडौं । भारतीय खर्बपति व्यापारी गौतम अदानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अदानी ग्रुपका कम्पनीका शेयर मूल्य आकासिएपछि उनको नेटवर्थ बढेको हो ।
मिडिया रिपोर्टका अनुसार गौतम अदानीको नेटवर्थ १ खर्ब ११ अर्ब डलर छ । योसँगै उनी एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुम्बर्गको अर्बपतिको विश्वव्यापी रियलटाइम सूचीमा उनी ११ औँ स्थानमा छन् ।
त्यस्तै १ खर्ब ९ अर्ब डलर नेटवर्थ सहित मुकेश अम्बानी एशियाको दोस्रो धनाढ्य बनेका हुन् । अम्बानी विश्वव्यापी सूचीमा १२ औँ स्थानमा छन् । अमेरिकी ब्रोकरेज कम्पनी जेफरिजले अदानी समूहको लगानी योजना सार्वजनिक गरेपछि शुक्रबारै अदानीको सबै कम्पनीको शेयर मूल्य १४ प्रतिशतसम्म बढेका थिए । सो अवधिमा शेयर बजारमा सूचिकृत अदानी समूहका १० कम्पनीको बजार पुँजीकरणमा ८ खर्ब ४० अर्ब ६४ करोड भारु थपिएको थियो ।
यस्तै शुक्रबार बजार बन्द हुँदा समूहका सूचिकृत कम्पनीको कूल बजार पुँजीकरण १७५ खर्ब १० अर्ब भारु पुगेको थियो । अदानी ग्रुपले आगामी एक दशकमा ९० अर्ब डलर पुँजीगत खर्च गर्ने जेफ्रिजले बताएको थियो । सोमबारको कारोबारमा गएको वर्ष भने हिंडेनबर्गको रिपोर्ट सार्वजनिक भएपछि अदानीले केही दिनमै अर्बौँ डलर गुमाएका थिए । उनी विश्वको सर्वाधिक २० धनीको सूचि बाहिर झरेका थिए ।
