
Amb
dsbus
Gsbus
Nssbus7
Gsl
Ssbus
gms
Pbu
Ratbs
Csbus
Rbs
Jsbus
Bksbus5
Ddhbs

Rgu
Asm
Hal
Bbu
Wsp
Sls
Ggd
Vor
Sbs
Rgu
Rsb
Ssm
Tsm
Ksm
Pvg
Bbbpu
Gst
Rgs
nsb

Pls
Jmb
sab
Syp
Mks
bbt
Bml
Rpp
Ptm
Rmb
Abd
Gsb
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका अन्तरगतका चार बिद्यालय उत्कृष्ट घोसित भएका छन ।
सँस्थागत तर्फ दुई र सामुदायिक तर्फ दुई गरि ४ बिद्यालयले उत्कृष्टको उपाधी पाएका छन । आधारभूत र माबि तहको रिजल्टको आधारमा उत्कृष्ट छनौट गरिएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले बताईन ।
माबि तर्फबाट गोरखा मोडेल सेकेन्डरी स्कुल लमही र आदर्श नमूना उच्च माबि देउपुर उत्कृष्ट भएका छन । त्यस्तै आबि तर्फ राप्ती ग्यालेक्सी सतबरिया र बाल जनता माबि बनगाउँ उत्कृष्ट भएका छन ।
उत्कृष्ट बिद्यालयलाई लमही नगरपालिका शिक्षा शाखाले सम्मान गरेको छ । शिक्षा शाखाले उत्कृष्ट बिद्यालय, विद्यार्थी र शिक्षक हरुलाई सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । गणतन्त्र दिवशको अबसरमा सँस्थागत र सामुदायिक बिद्यालयहरुको बर्षभरीको क्रियाकलापको मुल्याङ्कन गर्दै सम्मान गरेको हो ।
बिद्यालयलाई उत्कृष्ट बनाउन भुमिका खेल्ने विद्यार्थी र शिक्षक हरुपनि सम्मानित भएका छन । हरेक कक्षाको नतिजा, उत्कृष्ट अध्यापन, उत्कृष्ट खेल प्रदर्शन, बिद्यार्थीको नतिजा प्रतिसत लगायतलाई आधार मानी उत्कृष्ट छनौट गरिएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले बताईन । प्रत्यकबर्ष उत्कृष्टको मुल्याङ्कन गरि सम्मान गरिने प्रमुख गिरीले बताईन । शिक्षा दिवशका दिन कार्यक्रम गर्ने योजना भएपनि यावत कारणले गणतन्त्र दिवसको अबसर पारी कार्यक्रम गरिएको बताईन ।
गोरखा मोडेलका मावि तर्फ बिषयगत उत्कृष्ट शिक्षकहरु यम प्रकाश डाङ्गी (बिज्ञान), शिव नारायण चौधरी (सामाजिक), खेमराज कोइराला (गणित) र बिशाल थापा (अङ्ग्रेजी) सम्मानित भएका छन । त्यस्तै आधारभूत तर्फ समीर बि. क (गणित) र अनन्त खड्का (सामाजिक) सम्मानित भएका छन ।
त्यस्तै माबि तर्फ उत्कृष्ट विद्यार्थीहरु पालिका पहिलो कमल थापा, दाेस्राे रितु चौधरी र तेस्रो रिजन भणडारीलाई सम्मान गरिएको छ । गोरखाबाटै आधारभुत तर्फ लमही नगरपालिका प्रथम आयुस सुवेदीपनि सम्मानित भएका छन । आदर्श माबि देउपुरका शिक्षक बासुदेब अधिकारीलाई सम्मान गरिएको छ । त्यस्तै आदर्शका बिद्यार्थीहरु सौजन्य भुषाल, डेबिट चौधरी, सुनिल चौधरी र शुभम कँडेल सम्मानित भएको बिद्यालयले जनाएको छ ।
कक्षा ८ को रिजल्टमा गोरखा मोडेलले ९०.२४ प्रतिसत पास गराउन सफल हुँदा आदर्श माबिले २८.१५ प्रतिसत विद्यार्थी पास गराएको थियो । बाल जनता माबिले ३७.५ प्रतिसत पास गराउँदा राप्ती ग्यालेक्सीले ६६.६६ प्रतिसत विद्यार्थी पास गराउन सफल भएको थियो ।

