
Rgp
Srbpu
Ggp
Rgp1
Sgr
Unsku
Lnp
pku
Pbu

Bbbpu
Wsp
Rgu
Hal
Rgu
Ssm
Sls
Bbu
Ksm
nsb
Rgs
Ggd
Rsb
Vor
Gst
Tsm
Pvg
Sbs
Asm

Mks
Gsb
Ptm
bbt
Jmb
Abd
Rpp
sab
Bml
Rmb
Jmb
Pls
Syp
काठमाडौं । भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ ।
सर्लाही,महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरेर नेपाल फर्काउने काम भइरहेको छ । बन्धक बनाउने काममा संलग्न दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मुख्तकिम आलम र मो. साजाद पक्राउ परेका हुन् । मंगलबार दिल्ली स्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको छ ।
त्यस्तै कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दूतावासले जनाएको छ । उनीहरूलाई करिब ३ महिनादेखि बन्धक बनाएको थियो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिकसमेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो रहेको छ ।
यस्तै उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाएको बताए । उनले भने, ‘खाना पनि राम्रोसँग दिएनन् ।’ यस्तै धनुषाका रञ्जित चौधरीले आफूहरूलाई मार्नेसम्मको धम्की दिएको बताए ।
