
Amb
Gsl
Pbu
Ssbus
Jsbus
dsbus
Csbus
Ratbs
Ddhbs
Rbs
Gsbus
Nssbus7
Bksbus5
gms

Ksm
Rgs
Tsm
Rgu
Wsp
Bbu
Ssm
Vor
Gst
nsb
Sls
Sbs
Rsb
Bbbpu
Hal
Pvg
Ggd
Rgu
Asm

Jmb
Bml
Rmb
sab
Syp
Pls
Mks
Jmb
Gsb
Ptm
bbt
Rpp
Abd
दाङ । घोराही १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमीका कक्षा १२ का विद्यार्थीहरु दिक्षित भएका छन ।
विद्यालयका २०८० सालको १२ कक्षाको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरुलाई दिक्षित गरिएको हो । विद्यालयको प्रांगनमा आज शनिवार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयका दास्रो ब्याचका विद्यार्थीहरुलाई दिक्षित गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक रामबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सो दिक्षान्त समारोहमा गुरुकुल एकेडमीमा कक्षा १२ का विज्ञान तथा ब्यबस्थापन संकायका ११३ जना विद्यार्थीहरु दिक्षित भएका छन् ।
त्यस्तै सो अवसरमा प्रमुख अतिथि केसीले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै शिक्षा प्रणाली र अवसरहरुको बारेमा मन्तव्य राखेका थिए । साथै उनले गुरु,विद्यालय र अभिभावकले कहिले गलत कुरा नसिकाउने भएकाले यि तीन कुरालाई कहिल्यै भुल्न नहुने बताए । विद्यार्थी जीवनमा धेरै नकारात्मक कुराहरु आँउने जस्तै कक्षा १२ को परीक्षामा चिट चोर्नको लागि लगिएका मोबाइलहरु नियन्त्रण गरेको उदाहरण दिदै बठ्याई भन्दा कडा मेहनत गरेपछि मात्र मान्छे सफल हुने बताए ।
दिक्षान्त कार्यक्रममा कक्षा १२ का विद्यार्थी नवदिप चौधरीले गुरुकुलमा अध्ययन गर्दाको अनुभव र त्यँहा सिकेको विभिन्न अतिरीक्त कृयाकलापको बारेमा प्रस्ट पार्दै आफ्नो भनाई राखेका थिए । यस्तै अभिभावक युवराज डाँगीले शैक्षिक क्षेत्रमा गुरुकुल एकेडेमीको जस्तो राम्रो बातावरण अन्य विद्यालयमा आफुले अनुभव नगरेको बताए । गुरुकुलले अहिले जुन पद्धतिबाट शिक्षण सिकाई कृयाकलाप गरीरहेको छ त्यो एकदमै राम्रो भएको हुँदा आगामी दिनमा अझै सफलताको शुभकामना समेत दिएका थिए ।
विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसीले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । समाजमा आएका नकारात्मक कुराहरुलाई यथार्थ मा केहो भन्ने कुरा बुझ्न आबश्यक रहेको बताए । गुरुकुल एकेडेमी एउटा पुर्ण मानव बनाउने सोचका साथ स्थापना भएको गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताए । एउटा विद्यार्थीलाई कसरी पुर्ण मानव बनाउन सकिन्छ भन्ने खोज र अनुसन्धान गरी शिक्षा प्रदान गर्ने अभियानमा रहेको बताए ।
कार्यक्रममा विद्यालयका विज्ञान विषय संयोजक अजय शाह र ब्यबस्थापन विषयका पुर्व संयोजक डम्बर रावत लगायत विद्यार्थीहरुले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा भएको दिक्षित कार्यक्रममा विद्यालयका प्लस टु संयोजक तथा गुरुकुल एकेडेमी लमहीका शैक्षिक निर्देशक निमानन्द गैरेले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमको संचालन शिक्षक विवेक देबकोटा तथा ल्याव इन्चार्ज सचिन परियारले गरेका थिए ।
