
Srbpu
Pbu
Ggp
Rgp
Lnp
Rgp1
Sgr
pku
Unsku

Gst
Sls
Rgs
Pvg
Bbbpu
Vor
Hal
Ssm
Asm
Rgu
Bbu
Rgu
Ksm
Ggd
Wsp
Tsm
nsb
Sbs
Rsb

Bml
Gsb
Jmb
Abd
Rmb
Rpp
Syp
Ptm
Jmb
Pls
Mks
bbt
sab
दाङ । लागुऔषध दुर्वेसन न्यूनिकरण गर्न तुलसीपुरमा टोल विकास संस्थाका पदाधिकारी र विद्यार्थीलाई अभिमूखिकरण गरिएको छ ।
बढ्दो लागुऔषध दुर्वेसन न्यूनिकरणका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का टोल विकास संस्थाका पदाधिकारी र तुलसीपुर-६ का विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आइतबार अभिमूखिकरण गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा बिजौरीमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले एक कार्यक्रम गरेको थियोे । केन्द्रका सल्लाहकार शुष्मा लामिछाने गिरीको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम भएको थियोे ।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले भौतिक विकाससंगै मानविय विकासलाई वडा सरकारले प्राथमिकतामा राख्दै आएको उनले बताए । भौतिक विकास नियमित हुने पक्रिया भएको भन्दै उनले असल समाज निर्माणका लागि बालबालिकालाई असल संस्कार सिकाउनु आवश्यक रहेको बताएका छन् ।
त्यस्तै गरेर उनले घर वरपर भौतिक विकासमा ध्यान दिएर मात्रै नहुने भन्दै बालबालिकालाई शिक्षासंगै असल संस्कार सिकाउन अभिभावकले भूमिका खेल्नुपर्ने उनले जानकारी दिए ।
कार्यक्रममा केन्द्रका उपाध्यक्ष तथा मनोपरामर्शविद शैलेश शर्माले लागुऔषध दुर्वेसनका समस्या र निराकरणका उपाय बारे प्रशिक्षण दिएका थिए । उनले बालबालिकाकालाई लागुऔषध दुर्वेसनबाट बचाउन अभिभावक नै चनाखो बन्नुपर्ने बताए ।
मोटिभेशनल ट्रेनर डिल्ली बस्नेतले सकारात्मक सोचबारे प्रशिक्षण दिएका थिए भने लागुऔषध दुर्वेसन मुक्त समाज निर्माणका लागि निरन्तर समाजमा यस्तै किसिमका कार्यक्रम गरिरहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताए । यस्तै गरेर नयाँ पाइला पुर्नस्थापना केन्द्रका सल्लाहकार शुष्मा लामिछाने गिरीले सबैको प्रयासले सुन्दर समाज बन्ने बताए ।
संस्थाका सल्लाहकार जीतसागर जी.एमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार रिता केसीले गरेका थिए ।

