सागर रोका क्षेत्री सोमबार, बैशाख २४, २०८१

दाङ । लागुऔषध दुर्वेसन न्यूनिकरण गर्न तुलसीपुरमा टोल विकास संस्थाका पदाधिकारी र विद्यार्थीलाई अभिमूखिकरण गरिएको छ ।

बढ्दो लागुऔषध दुर्वेसन न्यूनिकरणका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का टोल विकास संस्थाका पदाधिकारी र तुलसीपुर-६ का विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आइतबार अभिमूखिकरण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा बिजौरीमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले एक कार्यक्रम गरेको थियोे । केन्द्रका सल्लाहकार शुष्मा लामिछाने गिरीको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम भएको थियोे ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले भौतिक विकाससंगै मानविय विकासलाई वडा सरकारले प्राथमिकतामा राख्दै आएको उनले बताए । भौतिक विकास नियमित हुने पक्रिया भएको भन्दै उनले असल समाज निर्माणका लागि बालबालिकालाई असल संस्कार सिकाउनु आवश्यक रहेको बताएका छन् ।

त्यस्तै गरेर उनले घर वरपर भौतिक विकासमा ध्यान दिएर मात्रै नहुने भन्दै बालबालिकालाई शिक्षासंगै असल संस्कार सिकाउन अभिभावकले भूमिका खेल्नुपर्ने उनले जानकारी दिए ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष तथा मनोपरामर्शविद शैलेश शर्माले लागुऔषध दुर्वेसनका समस्या र निराकरणका उपाय बारे प्रशिक्षण दिएका थिए । उनले बालबालिकाकालाई लागुऔषध दुर्वेसनबाट बचाउन अभिभावक नै चनाखो बन्नुपर्ने बताए ।

मोटिभेशनल ट्रेनर डिल्ली बस्नेतले सकारात्मक सोचबारे प्रशिक्षण दिएका थिए भने लागुऔषध दुर्वेसन मुक्त समाज निर्माणका लागि निरन्तर समाजमा यस्तै किसिमका कार्यक्रम गरिरहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताए । यस्तै गरेर नयाँ पाइला पुर्नस्थापना केन्द्रका सल्लाहकार शुष्मा लामिछाने गिरीले सबैको प्रयासले सुन्दर समाज बन्ने बताए ।

संस्थाका सल्लाहकार जीतसागर जी.एमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार रिता केसीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]