
Ratbs
Jsbus
Amb
Gsl
Gsbus
Bksbus5
Pbu
dsbus
Nssbus7
Csbus
Rbs
Ddhbs
gms
Ssbus

Pvg
Gst
Wsp
Bbbpu
nsb
Rgu
Vor
Bbu
Rgu
Asm
Ksm
Hal
Sbs
Rgs
Ggd
Tsm
Ssm
Sls
Rsb

Jmb
Abd
Pls
Bml
Gsb
bbt
Syp
Rpp
Ptm
Jmb
Mks
sab
Rmb
दाङ । भुकम्पबाट बच्नको लागि सुरक्षित स्थान खोज्नु पर्ने र आपत्कालिन अबस्थामा ड्रप कभर एन्ड होल्ड(घुडाँ टेकि गुडुल्क,ओत लागि समात ) अनुसारको सुरक्षित उपाए अपनाउनु पर्ने बिपद ब्यबस्थापन बिज्ञ शसस्त्र प्रहरी नायव उपरीक डा. पृथ्वी बहादुर बोगटीले बताए ।
गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुलाई बैशाख १२ को भुकम्प दिवसको अवशरमा प्रशिक्षण दिदै डा. बोगटिले यस्तो बताएका हुन् । उनले भुकम्प भनेको केहो ? भुकम्प कसरी र के कारणले जान्छ र यसबाट बच्न के गर्नु पर्छ भन्ने कुराहरुको बारेमा प्रशिक्षण दिएका थिए । पृथ्वीको सतह वा क्रस्ट विभिन्न महादिपहरूले बनेको छ जसलाई भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ । नेपाल भौगोलिक रुपमा भारतीय महादिप र एसियन महादिपको बिचमा अवस्थित छ । यि महादिपहरू तल रहेको म्यान्टलको माथिल्लो सतह तरल भएकाले त्यसमा तैरिरहेका हुन्छन् । तरल म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुन्छन् जसले सतहमा तैरिरहेका महादिपहरुलाई चलायमान बनाउँदछन् भन्ने कुराहरुको जानकारी उनले गराएका थिए ।
त्यस्तै यसलाई सजिलो तरीकाबाट बुझ्नको लागि एउटा उदाहरण दिदै जब एउटा भाँडोमा हामी पानी तातिन्छ तव तलपट्टिको चिसो पानी पहिले तातिन्छ र हलुका हुन्छ हलुका भएको पानीमाथि आउन खोज्छ र चिसो पानी तल गइ फेरि तातिन्छ । यसो हुँदा पानी भकभक गरी उम्लिएको देखिन्छ त्यसलाइ नै कन्भेक्सन करेन्ट भनिने कुरा विद्यार्थीहरुलाई सहज तरीकाले बुझाएका थिए ।
प्रशिक्षण कार्यक्रममा शसस्त्र प्रहरी तथा गुरुकुलका विद्यार्थीहरुद्वारा भुकम्पबाट बच्न के गर्नु पर्छ भन्ने कुराको डेमो पनि देखाइएको थियो । गुरुकुल एकेडेमीले हरेक क्षेत्रमा समप सापेक्ष अनुसार गर्ने कार्यक्रमको आयोजना गर्ने गर्दछ । सोहि अबसरमा २०७२ सालमा गएको महाभुकम्पमा मुख्य उद्धारकर्मीको भुमिकामा रहेको तथा बिपद ब्यबस्थापनमा बिज्ञता हासिल गर प्रहरी नायव उपरीक्षक डा. पृथ्वी बहादुर बोगटिलाई निमन्त्रणा गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको हो ।
गुरुकुल एकेडेमीमा अध्ययण गर्ने विद्यार्थीहरुले बिभिन्न किसिमका ज्ञान सिक्ने अवसर पाउने विद्यालयले बताएको छ । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षता तथा डा. पृथ्वी बहादुर बोगटिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण विद्यालयका आइएसए संयोजक तथा शिक्षक इन्द्र प्रसाद पोख्रेलले गरेका थिए भने कार्यक्रम विद्यालयका शिक्षक विबेक देबकोटाको ब्यबस्थापनमा भएको थियो ।
