
Sgr
pku
Srbpu
Ggp
Pbu
Lnp
Rgp
Rgp1
Unsku

Ksm
Bbu
nsb
Asm
Wsp
Hal
Ssm
Gst
Sbs
Bbbpu
Rgs
Rgu
Rgu
Rsb
Tsm
Sls
Vor
Pvg
Ggd

Gsb
Pls
bbt
sab
Jmb
Rpp
Abd
Mks
Rmb
Bml
Ptm
Jmb
Syp
काठमाडौँ । काठमाडौंमा नियन्त्रित लागु औषधको रूपमा प्रयोग हुने औषधी बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जना फार्मेसी संचालकहरूलाई पक्राउ गरेको छ ।
उपत्यकामा मेडिकल पसल सञ्चालन गरी लागु औषधको रूपमा प्रयोग हुने औषधी बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो तथा औषधी व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले फार्मेसी पसलमा छापा मारेको हो ।
त्यस्तै प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बुधबार कागेश्वरी नगरपालिका वडा नम्बर ८ स्थित गोगो फार्मेसीका संचालक सर्लाही बर्थहवा नगरपालिका-९ घर भएका २६ वर्षीय निरस कुमार महतोलाई पक्राउ गरिएको छ ।
मध्यपुर ठिमी नगरपालिका–९ बोडेको टिसा फार्मेसीका संचालक भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बस्ने ३३ वर्षीय राजु सिपाई र उक्त फार्मेसीमा कार्यरत सर्लाही मलंगवा नगरपालिका-१० बस्ने २० वर्षीय सतेन्द्र यादवलाई पक्राउ गरिएको उपरीक्षक कार्कीले जानकारी दिए ।
यस्तै खानतलासीका क्रममा टोलीले लागु औषधको रूपमा प्रयोग हुने औषधी पनि बरामद गरेको छ । तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि औषधी व्यवस्था विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
