
Amb
Gsbus
Pbu
Gsl
Nssbus7
gms
Rbs
dsbus
Ssbus
Jsbus
Ratbs
Csbus
Ddhbs
Bksbus5

Bbbpu
Gst
Rgs
Rsb
Pvg
Rgu
Vor
Ggd
Ksm
Sls
Ssm
Tsm
nsb
Asm
Wsp
Sbs
Rgu
Hal
Bbu

Pls
Bml
Rmb
Mks
Jmb
sab
bbt
Ptm
Rpp
Gsb
Abd
Syp
Jmb
दाङ । गुरुकुल एकेडेमी लमहीका विद्यार्थीहरुलाई सशस्त्र पहरीका प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले प्रशिक्षण दिएका छन् ।
उनले गुरुकुल एकेडेमी लमहीका सम्पूर्ण बालबालिकाहरुलाई प्रहरी भनेको केहो,प्रहरीका काम कर्तब्य के हुन,प्रहरीका समाजमा के काम गर्छ भन्ने कुरा र सामान्य रुपमा कानूनका कुराहरुको बारेमा जानकारी दिएका थिए ।
गुरुकुल एकेडेमी लमहीले आयोजना गरेको यो कार्यक्रमबाट बालबालिकाहरुमा प्रहरी प्रति रहेको भ्रम केहि मात्रामा बुझाउन सकिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले जानकारी दिए । विद्यालय सुरुवातको पहिलो बर्षको पहिलो दिनमा मुख्य अतिथिको रुपमा सशस्त्रका प्रहरी उपरीक्षकद्वारा मोटिभेसनल कार्यक्रम गरिएको हो भने अव अन्य क्षेत्रका ब्यक्तिहरुबाट पनि यस्तो खालको कार्यक्रम नियमित गरिने विद्यालयका शैक्षिक संयोजक निमानन्द गैरेले जानकारी दिए । शैक्षिक संयोजक निमानन्द गैरेको संयोजकत्वमा भएको कार्यक्रमको संचालन प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले गरेका थिए ।
त्यस्तै गुरुुल एकेडेमी तुलसिपुरमा पनि नेपाल प्रहरीका प्रहरी निरीक्षक नवचन्द्र मल्लले प्रशिक्षण दिएका छन् । हामीसंग ज्ञानि नानि नामक कार्यक्रम मार्फत विद्यालय संचालनको पहिलो दिन प्रहरीका काम कर्तब्य सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको गुरुकुल तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए ।
हरेक बर्ष गरिने यस्ता कार्यक्रममा समाजमा रहेका हरेक पेशा सम्बन्धिका ब्यक्तिहरुसंग उनिहरुको काम कर्तब्यका बारेमा बालबालिकाहरुलाई जानकारी दिने गरिन्छ । यसै क्रममा प्रहरी निरीक्षक मल्लले नेपाल प्रहरीका काम के हो कसरी गरिन्छ लगायतका कुराहरुको जानकारी दिएका थिए । यस्तै सम्पूर्ण विद्यार्थीहरुलाई सामान्य साइबर क्राइमका बारेमा पनि जानकारी दिएका थिए । यसको मुल उद्धेश्य हरेक क्षेत्रको बारेमा बालबालिकाहरुलाई जानकारी गराउने रहेको गुरुकुल एकेडेमीले बताएको छ ।
