
Lnp
pku
Rgp1
Srbpu
Ggp
Sgr
Rgp
Unsku
Pbu

Rgu
Asm
Vor
Pvg
Ggd
Hal
Rgu
Wsp
Bbbpu
Rsb
Rgs
Bbu
Gst
nsb
Ksm
Ssm
Sbs
Tsm
Sls

Syp
Pls
Bml
sab
Abd
Jmb
Rpp
Gsb
Rmb
Jmb
Ptm
Mks
bbt
गुल्मी । गुल्मी जिल्लाको १३ ठाउँमा शनिबार भएको आगलागीबाट ८३ घर-गोठ जलेका छन् भने ७५ पशु चौपायाको मृत्यु भएको छ ।
त्यस्तै एउटा ट्याक्टर,दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल,एउटा मन्दिर पनि जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर २ हाडीखोला,वडा नम्बर ४ को कोटकोटरी र मुर्किना,गुल्मीदरबार गाउँपालिका-६ भलायचौर,मुसिकोट नगरपालिका-५ आँपचौर र अर्लाङ्कोटमा आगलागी भएको हो ।
मालिका गाउँपालिका वडा नम्बर १ म्यालचौर, मदाने गाउँपालिका-१ घडेरी, छत्रकोट गाउँपालिका-१ हुँगा, धुर्कोट गाउँपालिका-६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र गाउँपालिका- १ भटकुवामा पनि आगलागी भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार इस्माको सिदुङ्खा,कोटकोटरी र हाडीखोलामा आगलागीले बढी क्षति पुर्याएको छ । सिदुङ्खामा मात्र १३ घर र २५ वटा गोठ गरी ३८ घर-गोठ जलेका छन् । घरगोठ जलेपछि स्थानीय बासिन्दा खुला आकाशमुनि बस्न बाध्य छन् । मरेका पशुचौपायाको व्यवस्थापन पनि हुन सकेको छैन । इस्मामा दिउँसो आगलागी हुँदा धेरै गाउँले एउटा विवाहको भोजमा सहभागी थिए । स्थानीय बसुन्धरा कुँवरको पसलमा भएका सबै सामान र पशु चौपाया जलेका छन् । ‘आगलागी हुँदा घरमा एक्लै थिएँ’,उनले भनिन्, ‘घरको सामान झिक्नभन्दा ज्यान बचाउन लगियो ।’ १५ वर्षसम्म मलेसियामा बसेर कमाएको रकमले घर बनाएका ईन्द्रबहादुर कुँवर भन्छन्, ‘घर जलेपछि कहाँ गएर बस्ने मन जलिरहेको छ ।’ वर्षौं प्रदेशको कमाइ छिन भरमा ध्वस्त भएको उनले बताए ।
त्यस्तै आगलागीका कारण गुल्मी गाउँपालिका-२ मा खानेपानीको पाइप पनि जलेको छ । अहिले बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले बताएका छन् । बस्ती र जंगले आगोले सखाप बनाएपछि हरिया घाँसपात पनि नभएको स्थानीय बासिन्दाले बताएका छन् । इस्मा गाउँपालिका-१ का वडाध्यक्ष शेरबहादुर कुँवरले केही घाँस संकलन गरेर बस्तीमा लगिएको बताए ।
यस्तै इस्मा गाउँपालिका-२ का वडाध्यक्ष लोकनाथ आचार्यले आगलागी पीडितका लागि राहत संकलन गरिएको बताए । जिल्लामा हरेक हिउँदमा आगलागीका घटना हुने गरे पनि निभाउन भने सहज छैन । जिल्लामै एउटा मात्र दमकल रेसुंगा नगरपालिकासँग छ । त्यस्तै एकै समयमा धेरै ठाउँमा आगलागी हुने भएकाले एउटा दमकलले मात्र निभाउन कठिन भएको रेसुंगा नगरपालिकाले जनाएको छ ।
