Sidha Patra आइतबार, बैशाख ०९, २०८१

गुल्मी । गुल्मी जिल्लाको १३ ठाउँमा शनिबार भएको आगलागीबाट ८३ घर-गोठ जलेका छन् भने ७५ पशु चौपायाको मृत्यु भएको छ ।

त्यस्तै एउटा ट्याक्टर,दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल,एउटा मन्दिर पनि जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर २ हाडीखोला,वडा नम्बर ४ को कोटकोटरी र मुर्किना,गुल्मीदरबार गाउँपालिका-६ भलायचौर,मुसिकोट नगरपालिका-५ आँपचौर र अर्लाङ्कोटमा आगलागी भएको हो ।

मालिका गाउँपालिका वडा नम्बर १ म्यालचौर, मदाने गाउँपालिका-१ घडेरी, छत्रकोट गाउँपालिका-१ हुँगा, धुर्कोट गाउँपालिका-६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र गाउँपालिका- १ भटकुवामा पनि आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार इस्माको सिदुङ्खा,कोटकोटरी र हाडीखोलामा आगलागीले बढी क्षति पुर्‍याएको छ । सिदुङ्खामा मात्र १३ घर र २५ वटा गोठ गरी ३८ घर-गोठ जलेका छन् । घरगोठ जलेपछि स्थानीय बासिन्दा खुला आकाशमुनि बस्न बाध्य छन् । मरेका पशुचौपायाको व्यवस्थापन पनि हुन सकेको छैन । इस्मामा दिउँसो आगलागी हुँदा धेरै गाउँले एउटा विवाहको भोजमा सहभागी थिए । स्थानीय बसुन्धरा कुँवरको पसलमा भएका सबै सामान र पशु चौपाया जलेका छन् । ‘आगलागी हुँदा घरमा एक्लै थिएँ’,उनले भनिन्, ‘घरको सामान झिक्नभन्दा ज्यान बचाउन लगियो ।’ १५ वर्षसम्म मलेसियामा बसेर कमाएको रकमले घर बनाएका ईन्द्रबहादुर कुँवर भन्छन्, ‘घर जलेपछि कहाँ गएर बस्ने मन जलिरहेको छ ।’ वर्षौं प्रदेशको कमाइ छिन भरमा ध्वस्त भएको उनले बताए ।

त्यस्तै आगलागीका कारण गुल्मी गाउँपालिका-२ मा खानेपानीको पाइप पनि जलेको छ । अहिले बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले बताएका छन् । बस्ती र जंगले आगोले सखाप बनाएपछि हरिया घाँसपात पनि नभएको स्थानीय बासिन्दाले बताएका छन् । इस्मा गाउँपालिका-१ का वडाध्यक्ष शेरबहादुर कुँवरले केही घाँस संकलन गरेर बस्तीमा लगिएको बताए ।

यस्तै इस्मा गाउँपालिका-२ का वडाध्यक्ष लोकनाथ आचार्यले आगलागी पीडितका लागि राहत संकलन गरिएको बताए । जिल्लामा हरेक हिउँदमा आगलागीका घटना हुने गरे पनि निभाउन भने सहज छैन । जिल्लामै एउटा मात्र दमकल रेसुंगा नगरपालिकासँग छ । त्यस्तै एकै समयमा धेरै ठाउँमा आगलागी हुने भएकाले एउटा दमकलले मात्र निभाउन कठिन भएको रेसुंगा नगरपालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]