
Pbu
Lnp
Sgr
Unsku
Ggp
Rgp1
Srbpu
pku
Rgp

Tsm
Gst
Hal
Bbbpu
Rgu
Vor
Ssm
nsb
Wsp
Bbu
Ksm
Rgu
Pvg
Rgs
Sbs
Ggd
Sls
Asm
Rsb

bbt
Syp
Rmb
Ptm
Gsb
Bml
Abd
sab
Pls
Jmb
Jmb
Rpp
Mks
दाङ । गोरक्षपात्रदेबता सिद्वरत्ननाथको प्रतिक पिर सहितको यात्राको टोली भारतको बलरामपुर जिल्ला तुलसिपुरमा पर्ने देबिपाटन मन्दिरबाट नेपाल फर्किएको छ ।
गत चैत्र २३ गते बिहान दाङको घारोही उपमहानगरपालिका वडा नम्बर १७ मा अबस्थित सिद्धरत्ननाथ मन्दीर चौघेराबाट बिभिन्न स्थानिय कलासस्कृति झल्कने झाकी र रथ यात्रा सहित देबिपाटनका लागी प्रस्थान गरेको पात्रदेबता सहितको यात्राको टोली १५ दिन पछि पुन: रतननाथ मठ चौघेरा आईपुगेको हो ।
बिहिबार राति देबिपाटनबाट नेपाल फिर्ता भएको रतननाथका मठाधिश सहितको महन्तहरुको टोली रथ यात्रा सहित शुक्रबार बिहान गोरक्षपात्रदेबता सिद्वरत्ननाथ मठ घोराही १७ चौघेरा आईपुगेको यात्रामा सहभागी बलदेब योगीले जानकारी दिए ।
गत चैत्र २३ गते दाङबाट भारतको देबिपाटनको लागी यात्रारत टोलीले साबिकका रतननाथको बिश्राम स्थलहरु देउपुर गोरक्षधाममा पाँचदिन, गढवाको कोईलाबासमा १ दिनको विश्रामपछि गत चैत्र २९ गते कोईलाबासदेखि भारतको जरुवा स्थित जनकपुर रतननाथ बिश्राम स्थलमा दुई दिन बिश्राम गरेको थियो । २०८१ साल बैशाष १ गते पंचमीका दिन पात्रदेबता लियर नक्टी नालाबाट रथ,झाकी सहितको पदयात्रा हुँदै यात्रा तुलसिपुरको देबिपाटन पुगेको थियो । पचमीदेखि रामनवमीसम्म नेपालका मठाधिशबाट पाटेश्वरी देबिको नित्य पुजा आरधना गर्ने परम्परागत चलन छ । सोहि प्रचलन अनुसार रामनवमी सम्म नेपालका पिरबाट पाटेश्वरी देबिको पुजाआजा भएको महायात्रा मुल आयोजक समितिका उपाध्यक्ष डाक्टर भोलानाथ योगीले बताए ।
त्यस्तै पाटेश्वरी देबिको पुजा सगै दुबै देशका मठाधिश सम्मलित दलिचा बैठक भएको र उक्त बैठकमा शोभायात्राको बिषयमा समिक्षा भएको बताईएको छ । उक्त बैठकमा देबिपाटनका मठाधिश मिथिलेश नाथ योगिले नेपालको स्थानिय लोक सस्कृति सहितको शोभायात्राले आफु उत्साहित भयको बताउनु भयको प्रतिकृया दिएको र आगामी बर्षहरुमा यात्रालाई अझै भब्य र ब्यबस्थित बनाउन प्रयत्नशिल रहेको बिचार ब्यक्त गरेका थिए । योगीले भने ,नेपालको विभिन्न कला सस्कृति झल्कने झाँकी भेषभुसा,सहितको शोभायात्राले भारत तुलसिपुरका बासिहरु निकै प्रसन्न भएको र “आगामी बर्षहरुमा कार्यक्रमलाई अझ कसरी थप राम्रो बनाउन सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान जानेछ “गोरक्षपात्रदेब सिद्धरत्ननाथ मठ दाङ घोराही चौघेराका मठाधिश ब्रम्हनाथ योगीले नेपाल र भारत बिचको सास्कृतिक सम्बनधलाई बलियो बनाउन यो यात्रा एतिहासिक हुने बिश्वास ब्यक्त गरे । उनले यात्रालाई थप प्रभाबकारी बनाउन सबैको सहयोग रहने बिबश्वास ब्यक्त गरे ।
बैशाष १ गते नेपालबाट भारतपुगेको रथयात्रा र झाँकी सहितको महायात्रालाई भारतको बिभिन्न स्थानमा भब्य स्वागत गरिएको थियो । यात्रा एतिहासिक भएको र यात्राले नेपाल र भारतबिचको सास्कृतिक सम्बन्धलाई अझ बलियो बनाउन पुलको काम गरेको यात्रा आयोजक समितिका सदस्य सचिब डाक्टर गोबिन्द आचार्यले बताए । देबिपाटन पुगेको गोरक्षपात्रदेबता रतननाथका प्रतिक पिरलाई तुलसिपुरका मठाधिश मिथिलेश नाथ योगीले स्वागत गरेका थिए ।
नेपाल भारत देबिपाटन यात्रा ८ सय ९ बर्षदेखि शुरु भएको भन्ने मान्यता छ । तथापि यस अघि रतननाथ मन्दिरका पिर,सहित नाथ सम्प्रदायका सिमित मानिसहरुको सहभागितामा यात्रा हुँदै आएकोमा यो बर्ष लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा बिभिन्न जातजाति,भाषाभाषिका मौलिक लोक कला र सस्कृति झल्कने झाँकी र सयौंको सख्यामा सबै समुदायका मानीसहरुको महायात्रामा सहभागिता रहेको थियो । २०५२ सालपछि साघुरीदै गएको देबिपाटन यात्रा यो बर्ष एतिहासिक बनेको हो ।
