
Unsku
Ggp
pku
Pbu
Lnp
Rgp
Srbpu
Rgp1
Sgr

Ksm
Bbbpu
Rgs
Wsp
Ggd
Rsb
Hal
Vor
Sls
Ssm
Rgu
Pvg
Asm
Sbs
Gst
Tsm
nsb
Rgu
Bbu

Gsb
Rmb
Syp
bbt
Ptm
Abd
Rpp
Bml
Pls
sab
Mks
Jmb
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा बोलेरो जीप दुर्घटना भएको छ ।
बिहीबार आज दिउँसो १:४५ बजेतिर लमहीदेखि राजपुर गाउँपालिका ६ नम्बर वडा कार्यालयको सामान र सामुदायिक स्वास्थ्य इकाई खाङग्राको सामन तथा स्कुलका किताब बोकेको बोलेरो जीप पटौली नाकामा दुर्घटना परेको हो ।
लु १ च ४२१० नम्बरको जीपमा सामान सहित ३ पुरुष र ४ महिला गरि ७ जना गाडीमा सवार रहेका थिए । बाटोको टनिङमा मोड नपुग्दा गाडी बाटोदेखि ५० मिटर तल खसेको सो गाडी साहुधनी भुपाल वलीले जानकारी दिए । गाडीमा सवार सबैजना सकुशल रहेको र अहिले ट्याक्टरको सहयोगमा उक्त गाडीलाई उद्धार गरि वडा नम्बर ६ को खाङ्ग्रा नाकामा पुराइसकेको वलीले जानकारी दिए ।
त्यस्तै गाडी धनी वलीले गाडीमा रहेका सम्पूर्ण सामान,प्यासेन्जर र गाडीमा समेत त्यति धेरै क्षति नभएको हुँदा प्यासेन्जरका घरपरिवारलाई कुनै चिन्ता नलिन आग्रह गरेका छन् ।
गाडी राजपुरको वडा नम्बर २ बेला हुँदै वडा नम्बर १ को माररी खोलादेखि पटौली नाकाको बाटो भएर पश्चिम् वडा नम्बर ६ को खाङ्ग्रा नाका जादै थियो ।
