शिबराज पन्थी/सिधा-पत्र कर्मी सोमबार, बैशाख ०३, २०८१

दाङ । नेकपा एमाले गढवाले पार्टी केन्द्रले निर्धारण गरेको बैचारीक अभियान अन्तर्गत वडा–वडामा कार्यकर्ता प्रशिक्षण अभियानलाई निरन्तरता दिएको पार्टीका गढवा इन्चार्ज तथा केन्द्रिय सदस्य साजिदा सिद्दिकीले बताए ।

अभियान अन्तर्गत वडा नम्बर १ मा बृहत्त रुपमा प्रशिक्षण कार्यक्रम सम्पन्न भै सकेको र अन्य वडाहरुमा तिब्र रुपमा कार्यक्रम संचालनले निरन्तरता पाईरहेको पार्टीका गाउँपालिका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए ।

यसैबिच आईतवार गढवाको ४ नम्बर वडा स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको एमाले गढवाले जनाएको छ । पार्टीका वडा अध्यक्ष कमल खड्काको अध्यक्षता र केन्द्रिय सदस्य साजिदा सिद्दिकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिद्दिकी सहित जिल्ला सचिव तथा प्रदेश सचिवालय सदस्य मनोहर बुढाथोकी, प्रदेश सदस्य सुरामणी बेल्वासे र प्रदेश सल्लाहकार मोहन कुमार पाण्डेयले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार कमला आचार्य,सामुदायिक बिद्यालय महासंघ लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज पोखे्रल, जिल्ला सदस्यहरु सानुनारायण अधिकारी, सिता चौधरी, लोकराज अधिकारी र अनेमसंघ दाङका सदस्य कल्पना घिमिरे र एमाले गढवाका सचिव केशरी गिरी लगायतले बोलेका थिए । भुवन कुमार घिमिरेको स्वागत मन्तब्यबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको संचालन पार्टीका वडा नं. ४ का सचिव चेतबहादुर थापाले गरेका थिए ।

त्यस्तै अभियान अन्तर्गत वडा नम्बर ५ मा बैशाख ५ गते, वडा नं. ७ मा बैशाख ७ गते, वडा नम्बर ८ कोइलाबासमा बैशाख ९ गते र वडा नम्बर ६ गढवामा बैशाख १० गतेलाई तयारी पुरा भएको र वडा नम्बर २ र ३ मा बैशाख १० पछि गरिने एमाले गढवाले जनाएको छ । प्रशिक्षण अभियान संगसंगै पार्टीको संगठित सदस्यता नविकरण गर्ने र पालिका तथा जिल्ला अधिवेशनको तयारी गरिने एमाले दाङले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]