
Srbpu
Lnp
Rgp1
pku
Rgp
Sgr
Unsku
Pbu
Ggp

Bbu
Ggd
Tsm
nsb
Asm
Pvg
Sls
Rgu
Hal
Bbbpu
Wsp
Sbs
Ksm
Vor
Rgu
Rsb
Ssm
Rgs
Gst

Jmb
Mks
Jmb
Syp
Rmb
Rpp
Ptm
bbt
Bml
sab
Gsb
Abd
Pls
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटिएको प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।
काभ्रेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार,घटनामा संलग्न रहेको आशंकामा श्यामकृष्ण मैनाली र अर्का राधाकृष्ण मैनाली पक्राउ गरिएको हो ।
त्यस्तै रुखका धनीले वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेका थिए । तर, भर्खर फुलखेल्दै गरेको ठकुरानी तामाङको बुद्धचित्तको रुख बिहीबार राति काटिएको थियो ।अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिएको हुनसक्ने आशंका गरिएको छ । घर वरपर सकेट बम राखेर रुख काटिएको थियो । घर धनीलाई बाहिर निस्कन समेत नदिई अज्ञात समूहले रुख काटेको थियो । लगत्तै प्रहरीले रुखधनीका परिवारलाई धम्की दिएको पाइएपछि मानबहादुर तामाङ (सिजन) लाई काठमाडौंबाट पक्राउ गरेको थियो । शनिबार साँझ दुर्गालाल तामाङ (प्रभात) पनि पक्राउ परेका थिए । उनलाई बुद्धचित्तको रुख काट्ने योजनाबारे पहिल्यै जानकारी भएको प्रहरीको दाबी रहेको छ ।
यस्तै बुद्धचित्तको रुखमा फल्ने दाना धार्मिक प्रयोजनका लागि प्रयोग हुने गर्छ । नेपालको काभ्रेमा फल्ने बुद्धचित्तको दाना प्रशोधन गरेर चीन,तिब्बतबाहेक जापान,मकाउ, थाइल्यान्ड, कोरिया,भियतनाम लगायत देशमा पनि पठाउने गरिन्छ ।
