Sidha Patra आइतबार, बैशाख ०२, २०८१

दाङ । देउखुरीको कोइलाबासदेखि लागू औषध ६ किलो बढी चरेस सहित एक जना महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँ निवासी ४१ वर्षिया सुकमाया बुढा रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख (प्रहरी निरीक्षक) नवीन वलीले सीधा-पत्रलाई जानकारी दिएका हुन् ।

ईलाका प्रहरी कार्यालय कोइलाबासका प्रमुख (प्रहरी नायब निरीक्षक) कुमार केसीको कमान्डमा खटिएको प्रहरी टोलीले ६ किलो ८ सय २० ग्राम लागू औषध चरेस सहित बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक बहादुर मल्लले जानकारी दिए ।

त्यस्तै बुढाले उक्त चरेस आफ्नो कम्मरमा बाँधेर गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासदेखि भारत तर्फ लैजादै गरेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता मल्लले बताए ।बुढालाई अहिले ईलाका प्रहरी कार्यालय गढवाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक वलीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]