
Unsku
Rgp
Srbpu
Rgp1
pku
Pbu
Sgr
Ggp
Lnp

Asm
Wsp
Rgu
Sls
Hal
Tsm
Rgs
nsb
Ksm
Bbu
Rgu
Rsb
Vor
Bbbpu
Ssm
Sbs
Ggd
Gst
Pvg

Jmb
Rpp
bbt
Jmb
Rmb
Syp
Mks
Bml
Abd
Ptm
Pls
Gsb
sab
दाङ । घोराही स्थित गोरक्षपात्र देवता सिद्धरत्ननाथ देबिपाटन यात्रा बिहिबार बिहान भारतकाे जनकपुर प्रस्थान गरेकाे छ ।
गत चैत २३ गते दाङ घाेराहीकाे गाेरक्षपात्रदेब सिद्वरत्ननाथ मन्दिरबाट सुरू भएको देविपाटन महायात्रा बिहिबार दाङकाे काेईलाबासबाट भारत प्रस्थान गरेको हाे । बिहिबार र शुक्रबार भारतकाे जनकपुरमा रहेकाे सिद्वरत्ननाथ मठमा विश्राम हुने गरि यात्रा भारत प्रस्थान गरेकाे हाे ।
नेपालको तर्फबाट गोरक्षपात्र देवता सिद्धरत्ननाथ मन्दिर चौघेराबाट हरेक वर्ष चैत्र पञ्चमीका दिन भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्ने परम्परागत चलन छ । भारत जनकपुरमा दुई दिन विश्राम गरि २०८१ साल बैशाष १ गते पचमीका दिन देबिपाटन पुग्ने गरि यात्रा अघिबढेकाे आयाेजक समितिका अध्यक्ष महन्त सुरतनाथ याेगीले जानकारी दिए ।
भारत प्रबेश गर्दा नेपालभारत सिमाबर्ति क्षेत्र काेईलाबासमा आईपुगेका भारतीय भक्तजनहरूले यात्रामा सहभागीहरूलाई बिहिबार बिहान पुष्पवर्षा गराउँदै भब्य स्वागत गरेका थिए । हरेक वर्ष निरन्तर रूपमा भइरहेको देबिपाटन यात्रा बि.सं. ८०९ देखि निरन्तर चल्दै आएको इतिहास छ ।
चैत्र २३ गते घाेराहीबाट विशेष तामझामका साथ शुरु भएकाे यात्रा लमही नगरपालिका- ६ देउपुर गोरक्ष धाममा पाँच दिनको बसाईपछि बुधाबार बिहान कोइलाबास पुगेकाे थियाे । भारतको जनकपुरमा २९ र ३० गते जनकपुरकाे विश्राम पछि वैशाख १ गते पंचमी तिथि शनिबारका दिन जनकपुरबाट देविपाटनका लागि विशेष तामझामसहित गोरक्ष पात्रदेवताको रथयात्रासहितको महायात्रा प्रस्थान हुनेछ ।
नयाँ वर्ष २०८१ वैशाख १ गते बिहान ९ बजेसम्म देविपाट पुगिने कार्यतालिका रहेको छ भने वैशाख ६ गतेसम्म देविपाटको बसाईपछि ६ गतेको रात्रिकालीन समयमा देविपाटबाट पुनःरत्ननाथ मन्दिर चौघेराको लागि फिर्ता हुने कार्यक्रम रहेको छ । सात गते पुनःरत्ननाथ मन्दिर चौघेरामा पात्रदेवतासहितको टोली आइपुग्ने र ८ गतेका दिन कार्यक्रमको समापन गरिने जनाइएको छ ।
एतिहासीक रत्ननाथ देबिपाटन यात्राले नेपाल र भारतबिचकाे सास्कृतिक सम्बन्धलाई थप मज्बुत बनाउन सहयाेग पुग्ने भारत जनकपुरका मठाधिश प्र दिप पान्डेयले बताए ।
