सबिन प्रियासन/दाङ मंगलबार, चैत्र २७, २०८०

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा यतिबेला भाइरल रोड छ । जसमा अहिले पनि फोटो खिच्न जाने,घुम्न जानेहरुको भिडभाड नै हुन्छ । तर यही रोडको छेउँछाउँमा रहेको हापुर रमना, बसन्तपुरलगायतका टोलका सयौ घरधुरी यतिबेला काकाकुल अवस्थामा छन् ।

त्यस्तै हापुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्किम नम्वर २ ले यस क्षेत्रमा पिउने पानीको व्यवस्था गर्नका लागि विभिन्न कार्यहरु गरिरहेको छ । तर समितिले नियमित साधारणसभा,अधिवेशन, संस्थाको अडिटलगायतका कार्यहरु लामो समयदेखि नगरेका कारण क्रमशः समितिका कामकारबाहीहरु शंकास्पद बन्नुका साथै पिउने पानी वितरण प्रणालि पनि बिग्रिएको स्थानीयबासीहरुको गुनासो छ ।

पछिल्लो दुईवर्षदेखि पानीको समस्या व्यापक बढ्न थालेपछि पटकपटक यस वि षयमा समितिलाई भन्दा पनि वेवास्था गरिएका कारण समितिको कार्यालयमा तालाबन्दी गर्नुपरेको रमना टोलकी अनिष्मा डाँगीले जानकारी दिए । उनले ऋणकर्जा गरेर १० हजार धरौटी अनि थप हजारौ रकम खर्च गरेर घरमा धारा जोडेपनि हालसम्म पानीको थोपा नचुहिएको बताए ।

तालाबन्दी कार्यक्रममा सहभागि अनिष्मा प्रतिनिधिपात्र मात्र हुनुहुन्छ, उहाँजस्तै पीडाको पोका बोकेर दिलमाया खड्का, सिता चौधरीलगायतका सयौ महिला पुरुषहरु मंगलबार दिनभर खानेपानी समितिको कार्यालय अनि खानेपाीको मुहान क्षेत्रमा अनुगमनमा खटिएका थिए । अनुगमनका क्रममा मुहान क्षेत्रपनि प्रदुषित अवस्थामा भेटिएको स्थानीय बासीहरुको गुनासो छ । फोहोर पानी उपभोक्तालाई पिउनका लागि वितरण गरिरहेको स्थानीय समाजसेवी गोबरधन योगी बताउछन् । मुहान क्षेत्र अनुगमन अनि पानी वितरण प्रणालीको विषयमा बुझेपछि समितिका अध्यक्ष जयबहादुर बुढा,कार्यबाहक कोषाध्यक्ष दिर्घराज न्यौपाने,केही सदस्यहरु र कार्यालयका कर्मचारीहरु समेतको उपस्थितिमा स्थानीय बासीहरुले समितिको कार्यालयमा तालाबन्द गरेका थिए ।तालाबन्दी पश्चात् तालाको साँचो वडाकार्यालयमा पुगेर वडासदस्य भिमसेन थापालाई घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको रोहबरमा रमना टोल विकास संस्थाका अध्यक्ष दामोदर शर्मा, बसन्तपुर टोलका अध्यक्ष रेशम योगीलगायतको टोलीले हस्तान्तरण गरेको थियो । यस विषयमा बुधबार १० बजे विशेष छलफल गरी निकास निकालिने वडाध्यक्ष गजेन्द्र बहकरीले जानकारी दिए । हापुर क्षेत्रमा पिउने पानीको समस्या व्यापक भएको गुनासो बढेपछि घोराही बनाऔं अभियानले गत माघ १६ गते खानेपानी समिति, वडाध्यक्ष, स्थानीय टोलविकास संस्था र स्थानीयबासीहरुलाई एकै थलोमा राखेर छलफल गरेको थियो ।

छलफलमा रमना, बसन्तपुरलगायतका टोलमा पिउने पानीको व्यवस्था गर्नका लागि विशेष उपाए समेत निकालिएको थियो । तर खानेपानी समितिले यस विषयमा क्रमशः ढिलाई गर्दा यतिबेला दिनदिनै पिउनेपानीको समस्या बढि रहेको घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले जानकारी दिए । यता समितिका अध्यक्ष जयबहादुर बुढा, कार्यबाहक कोषाध्यक्ष दिर्घराज न्यौपानेले छिटो भन्दा छिटो संस्थाको अडिट गरेर अधिवेशन गर्ने र तत्कालका लागि दुईवटा पोलहरु गाडेर नयाँ समवयल सञ्चालन गरी सबै ठाउँमा पिउने पानीको व्यवस्था एक साताभित्र गर्ने जनाएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]