Sidha Patra आइतबार, मंसिर २८, २०७७

काठमाडौं । प्रहरीले ३८ तोला सुनको गहना चोरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर २ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका काभ्रेका ५ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ का २७ वर्षका देवराज दाहाल,सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ का २४ वर्षका रामचन्द्र चालिसे,काभ्रेको धुलिखेल नगरपालिका-१ का २३ वर्षका राम तामाङ, धुलिखेल-७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल- १ का १८ वर्षका राजन तामाङ रहेका छन् ।

माइली तामाङको घरबाट गहना र पैसा हराएपछि प्रहरीले खोजी गर्दा उक्त टोलीलाई काठमाडौंको ड्रागन डिस्कोमा फेला पारेको थियो । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी परसर काठमाडौंले जानकारी दिएको हो ।

प्रहरीले उक्त घटनाको मुख्य योजनाकार राजन तामाङ रहेको बताएको छ । प्रहरीले ओखलढुंगाका देवराज दाहालबाट२ सय,३७ ग्राम र रामचन्द्र चालिसेको साथबाट २ सय,१० ग्राम सुनका गहना बरामद गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]